रामकुमारि झाक्री बहिनि लाई म निकै निडर महिलाको रूपमा हेर्ने गरेको थिए। साहसी, बुलन्द आवाज भएकि महिला हुन् भन्ने लागेको थियो। तर उनले समाजसेवीलाई दबाएर अभिव्यक्ति दिदा मेरो मन खिन्न भएको छ ।
अरूलाई महारानी भनेर चर्चा कमाएकि बहिनी फेरि आफै महारानी बनेकि त हैन् ? पहिले देखि नै र यो बिषयमा सबै भन्दा पहिला अरू संग मागेर समाजसेवा गरिने कामलाई समाजसेवा भनिदैन, भनेर आवाज दिने मान्छे म नै हो, तर समय, परिस्थिति समाज र देशको अवस्था अनुसार अरूबाट मागेर भएनि समाज र देश लाई फाइदा हुनेकाम गर्छन् भने , हामीले बिरोध हैन, साथ, सहयोग र हौसला दिनु पर्छ। तर जसले गरेनि पारदर्शी हुन जरूर छ । भोलि यि बहिनी कुनै कुर्सिमा पुगे पछि यिनले गर्ने व्यवहार दुःखी गरिबलाई के होला ? विनोद चौधरी, शेस घले वा अरू अरब पतिले गर्ने काम मात्र समाजसेवा होत ? गरिब दुःखीले गरेको समाजसेवा चाहि समाजसेवा हैन त ?
यि बहिनीले देश र समाजको लागी के के योगदान गरिन त ? घुम्नु , राजनिति गर्नु , आन्दोलन गर्नु भनेको कुनै स्वार्थ बोकेर गरिने काम हो। २०६२/०६३ को आन्दोलनमा टाउको फुटेर रगत बगेको छ। अरू के के गर्नु भयो त ? उनको त रगत मात्र बगेको छ। हामीले त ज्यानको आहुति दिएका मान्छे हो। अगाडि टाउकोमा ९ टाका, पछाडि १२ टाका लगाएर बाँचिएको छ। हात र खुट्टाका गरेर २० वाटै अौलाको नंङ भित्र पिन काँटी घुसाएर ७ दिन जंगल हिडेको मान्छे हो। मारेर नहर भित्र फालेर पनि बाचेको मान्छे हो,हामी पनि,
रामकुमारि बहिनीले १ जना गरिबको छोराछोरी पालेर देखाउन् त ? गरिबको एउटा घर बनाएर देखाउन् त ? गरिबलाई १०० बोरा चामल बाँडेर देखाउन् त ? म जस्ताले आफ़्नै पसिनाले बिदेशमा बसेर पनी १२/१३ करोड सहयोग गरेका छु । २० जना नानी पालेको छु । लकडाउनको ३ महिनामा ६३ लाख रूपैयाको राहत बाँडेको छु । म जस्ता धेरै छन् ,तर यिनीहरू जस्ताका आँखाले देख्दैनन्। किन कि यिनिहरूका आँखाले विनोद चौधरि जस्तालाई मात्र देख्छन् ।
होला कतिले समाजसेवा नाममा गलत गरेका, भ्रष्टाचार, ठग , यस्तालाई कानुनी दायरामा ल्याउने काम रामकुमारी जस्ताको पनि दायित्व होनि …, तर समाजसेवा नै सबै गलत भन्न मिल्छ ? कि सरकारले सबैलाई बराबर गर्नु पर्याे,देशमा गरीब, रोगी, भोका, नांगा सबै निर्मुल बनाउनु पर्याे । आँफु साठगाठले यसरि बस्ने , अनी तपाइहरूका लागी ज्यान दिन तयार हुने यसरि बस्ने ? तपाइको बिचारमा कम्युनिस्ट यहि हो ?