असोज २२, सल्यान – सल्यान जिल्ला छत्रेश्वरी गाउँपालिका वडा नं. १, जलेखर्कमा अवस्थित लक्ष्मी आधारभूत विद्यालयको ५० औं वार्षिकोत्सब तथा भुपु विद्यार्थी मिलन कार्यक्रम मंगलबार उद्घाटन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभासदस्य, निवर्तमान भुमी, व्यवस्था तथा कृषि सहकारी मन्त्री भिम प्रकाश शर्माले शुभकामना मन्तव्य दिदै विद्यालयले राम्रो जनशक्ति उत्पादन गरि सिर्जनशील बनाउन सफल हो भनी शुभकामना दिए । उनले जनताले गरेको योगदान र जनप्रतिनिधिको पहलबाट प्राप्त गरेको उपलब्धीलाई सबै मिलि संरक्षण गर्नुपर्ने बताए ।
माननीय शर्माले समाजमा भएका पुराना संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताउँदै परिवर्तनशील समय अनुसार शिक्षालाई पुरानै पठपाठनमा शैलीमा मात्रै नलिई कम्प्युटर र टेक्निकल जमानामा सोही अनुसार सकारात्मक परिवर्तन लिएर अगाडि बढ्नु पर्ने जनाए ।

त्यस्तै, विद्यालयको समस्याहरुको विषयमा स्थानीय सरकार र प्रदेश सरकासँग समन्वय गरि सक्दो पहल गर्ने बताए । शर्माले भौतिक संरचना निर्माणका लागि ठाउँको व्यवस्थापन गरे हल गर्ने प्रतिबद्धता गर्दै नेपालीहरुको महान चाड बडादशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना समेत दिए ।यस्तै, कार्यक्रमका विशिष्ट अतिथि छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले “म बनाउँछु मेरो छत्रेश्वरी” भन्ने अभियानमा सबै लागि पर्न अनुरोध गर्दै लक्ष्मी आ.वि.को विकासका लागि पनि यो अभियानले अभिप्रेरित गर्ने बताए ।
उनले छत्रेश्वरीको आफ्नै आम्दानीको स्रोत नभएको बताउँदै संघ र प्रदेश सरकारबाट प्राप्त बजेटबाट विद्यालयमा सक्दो सहयोग गर्ने जनाए ।
बुढाथोकीले आफ्नो ३ वर्षे कार्यकाल हालसम्म सर्वसम्मतरुमा अगाडि बढाएको बताउँदै बाँकी कार्यकाल पनि छत्रेश्वरी बनाउने सकारात्मक सोच र उद्देशका साथ अगाडि बढेर ऐतिहासिक बनाउने बताए ।
उनले भने आफुले अहिलेसम्म कुनै पनि पुर्वाग्रह नगरेर काम गरेको छु, लक्ष्मी आ.वि. हुदै मदन भण्डारी राजमार्ग बन्ने भएकोले भौतिक संरचना आवश्यकता भएपनि कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ त्यसको हल सबै लागि परेर गर्नेछौं ।कार्यक्रममा छत्रेश्वरी गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सीता के.सी., छत्रेश्वरी गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रकाश हमाल, बागचौर नगरपालिका वडा नं. ९ का अध्यक्ष यज्ञ बहादुर डाँगी, छत्रेश्वरी गाउँपालिका वडा नं. २ का अध्यक्ष प्रेम पहाडी, लक्ष्मी आ.वि.का पूर्व वि.व्य.स अध्यक्ष तथा बागचौर नगरपालिका वडा नं. ९ का पूर्व वडाध्यक्ष मोहन चन्द, छत्रेश्वरी गाउँपालिका वडा नं. २, का पुर्व वडाध्यक्ष प्रेम बहादुर खड्का लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयको ५० औं वार्षिकोत्सबको अवसरमा बागचौर नगरपालिका वडा नं. ९ जलेखर्क, सल्यान निवासी बुबा बालाराम गिरी र आमा टंकी गिरीका छोराहरु पुर्व शाखा अधिकृत नेपाल सरकारका हाल न्युयोर्क अमेरिका बस्ने रमेश गिरी, पुर्व नायब सुब्बा नेपाल सरकार हाल न्युयोर्क अमेरिका बस्ने भुपेन्द्र गिरी र हाल टोकियो जापानमा कर्म थलो बनाएका भागिराम गिरीले आफ्नो आमा-बुबाको नाममा ३ लाख १ हजार १ सय १ रुपैयाँको ‘बालाराम गिरी, टंकी गिरी’ अक्षयकोष निर्माण गरेका छन ।

कार्यक्रममा विभिन्न ठाउँको आमा समूह, पैसेरी नाच, विभिन्न किसिमको नृत्य प्रस्तुति गरिएको थियोे  । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रदिप योगीले अध्यक्षता गरेको कार्यक्रमको सहजीकरण भुपु विद्यार्थी राजन के.सी.ले गरेका थिए ।
त्यस्तै २२ गते देखि उद्घाटन भएको कार्यक्रममा विविध प्रतियोगितात्मक कार्यक्रम संचालन गरि २४ गते समापन गरिने आयोजकले बताएको छ ।

यस्ता छन विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु :-

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार