माघ १७, सल्यान – बागचाैर नगरपालिकाकाे नगर स्तरिय तेस्रो रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । तेस्रो राष्ट्रपति रनिङ शिल्डकाे उपाधि जनकल्यान नमुना माध्यमिक विद्यालयले जितेको छ ।

प्रतियोगितामा १३ स्वर्ण, ८ रजत र १ कास्य पदक जितेर जनकल्यान नमुना माध्यमिक विद्यालय थारमारेले प्रथम स्थान हासिल गरको छ । त्यस्तै ११ स्वर्ण, ५ रजत र १ कास्य पदक सहित दुर्गा सरस्वती माध्यमिक विद्यालय बाफुखाेला दोस्रो भएको छ । यस्तै ७ स्वर्ण, ६ रजत र ९ कास्य पदक सहित सरस्वती माध्यमिक विद्यालय शिवरथ तेस्रो भएको छ । भने ६ स्वर्ण, ५ रजत र ४ कास्य पदक सहित माध्यमिक विद्यालय लस्तम बनेचाैर सान्त्वना भएको छ ।

प्रतियोगितामा एथलेटिक्स तर्फ छात्र उत्कृष्ट खेलाडीकाे रुपमा दुर्गा सरस्वती माध्यमिक विद्यालय बाँफुखाेलाका लाेकराज के.सी, छात्रा तर्फ माध्यमिक विद्यालय बनेचा‌ैरका निसा भण्डारीलाई सम्मान गरिएको थियाे ।

माघ १४ देखि १६ गते सम्म संचालित प्रतियोगितामा छात्र र छात्रा तर्फका भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सलआर्टका खेलहरुमा नगरपालिकाका १२ वटा माध्यमिक विद्यालयका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाएका थिए ।

तीन दिनसम्म संचालित प्रतियोगिताको समापन कार्यक्रमका सभाध्यक्ष बागचाैर नगरपालिकाका नगर प्रमुख तथा नगर शिक्षा अध्यक्ष जनकराज गाैतमले गरेका थिए ।

विभिन्न विधामा जित हासिल गरेका र उत्कृष्ट बनेका खेलाडीहरुलाई र रेफ्रीहरुलाई कार्यक्रमका सभाध्यक्ष नगर प्रमुख जनकराज गाैतम लगायत अन्य अतिथिहरुले पदक तथा प्रमाणपत्र प्रदान गर्नुका साथै सम्मान गरेका थिए ।

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार