सन्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई जनताको सेवा गर्ने अवसरका रुपमा लिन र आवश्यक सहयोग गर्न अनुरोध गरेकि छन।
अब राहत र पुनर्स्थापनाको कामलाई सघनरुपमा अघि बढाउन सरकारले पुनर्निर्माणको काम एक वर्षभित्र सम्पन्न गर्ने निर्णय गरेको र आवश्यक परे सेना, प्रहरी परिचालन गर्न सकिने नीतिगत निर्णय पनि भएको बताइन्।
शनिबार सल्यान पुगेकि मन्त्री शर्माले दार्मा गाउँपालिका -५ ढाकाडामकोटमा आयाेजित भूकम्प प्रभावित घरधुरीहरुको अस्थायी आवास तथा शौचालय निर्माणका लागि स्वयंसेवक परिचालन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सरकार, पार्टी र जनता सबैले पुनर्निर्माणलाई सेवा गर्ने अवसरको रुपमा लिनुपर्ने भएकाले विपत्तमा सहयाेगकाे भावना संगै अवसर पनि मान्नु पर्ने उनको भनाइ छ।
कार्यक्रममा कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा, माओवादी केन्द्रका प्रदेश अध्यक्ष बिमला केसी, केन्द्रीय सदस्य एवं सल्यान इन्चार्ज नरेश भण्डारी, गाउँपालिका अध्यक्ष निमबहादुर केसी लगायतकाे उपस्थिति रहेको थियाे।
जाजरकोट, रुकुम पश्चिम पछि सल्यानकाे दार्मा गाउँपालिकामा ठूलो भौतिक क्षति गरेको छ। अहिलेसम्म संकलित तथ्यांक अनुसार ११७९ वटा घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने १०८१ घरमा आंशिक क्षति भएको छ। पालिकाभित्रका २१ वटा सामुदायिक विद्यालय,५ वटा स्वास्थ्य संस्था र ३ वटा वडा कार्यालयमा क्षति पुगेको छ। ११७९ घरधुरीका ६३१८ जनसंख्या बिस्थापित भएको गाउँपालिकाकाे तथ्यांक छ।