शिक्षक सङ्घ सङ्गठनको साझा संस्था नेपाल शिक्षक महासङ्घले देशका विभिन्न ३० जिल्लामा पहिलाे चरणकाे दबाब मुलक कार्यक्रम अन्तर्गत सबै स्थानीय तहमा पालिका स्तरीय धर्ना दिएका छन।
सङ्घीय संसदमा टेबुल हुने तयारीमा रहेको सङ्घीय शिक्षा ऐन विरुद्ध उनीहरूले बिहान ११ बजेदेखि २ बजेसम्म पालिकाको कार्यालय अगाडि धर्ना दिने केन्द्रीय सर्कुलर थियाे।
यसैबीच यता सल्यानमा पनि जिल्लाकाे दार्मा गाउँपालिका बाहेक अन्य सबै स्थानीय तहमा धर्ना कार्यक्रम गरिएको नेपाल शिक्षक महासङ्घ सल्यानले जनाएको छ।
सरकारसँग सम्झौता भएको ३० र ५१ नम्बरको बुँदा तुरुन्त कार्यान्वयन गर्नुपर्ने, राहत, उच्च मावि शिक्षक, बाल विकास, विद्यालय कर्मचारीलाई आन्तरिक प्रक्रियाबाट स्थायी गर्नु पर्ने, नयाँ शिक्षा ऐनमा ल्याउन लागिएको शिक्षकका सेवा सुविधाका विषयमा निजामती सो सरह व्यवस्था गर्नु पर्ने
लगायतका मागहरु राख्दै महासंघले देशव्यापी आन्दोलनकाे चेतावनी सहित दबाब मुलक कार्यक्रमकाे सुरुवात गरेकाे छ।