असार ११, सल्यान – सल्यानको दार्मा गाउँपालिकाले ४४ करोड बढीको बजेट ल्याएको छ ।

गाउँपालिकाको १३ औं अधिवशेनबाट उत्पादनमा वृद्धि दार्माको सम्मृद्धि मुल नाराका साथ आर्थिक वर्ष २०८०/०८१ कुल अनुमानित रकम रु. ४४ करोड ४ लाख ७ हजार २०० बराबरको बजेट ल्याएको हो ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ३३ करोड ९८ लाख ४ हजार, संघ तथा प्रदेश सरकार राजस्व बाँडफाँडबाट रु. ८ करोड ११ लाख ३ हजार, दार्मा गाउँपालिका आन्तरिक आय रु. ३५ लाख र अघिल्लो वर्षको बैंक मौजातबाट रु. १ करोड ६० लाख प्राप्त हुने अनुमान गरिएको छ ।

सभाले करार कर्माचारीको तलब घटाएको छ । श्रेणि विहिन कर्मचारीको २० प्रतिशतले घटेर तलब १६ हजार ३ सय ८० बनाएको छ । योभन्दा अगाडि २० हजास २ सय ३० तलब पाउँदै आएका थिए ।
यस्तै, चौथो तहका कर्माचारीको तलभ २७ प्रतिशतले घटेर १९ हजार ८ सय ८० भएको छ यस अगाडि २७ हजार ६ सय रहेको थियो । पाँचौ तहका कर्मचारीको तलब २२ हजार ७ सय ८०, छैठौं ३१ हजार ८ सय ९० हुने भएको छ । यस्तै स्वयम सेवक शिक्षको तलब ५ प्रतिशतले घटेको छ ।
आउँदो आर्थिक वर्षमा मा.वि. शिक्षकले २१ हजार ८ सय ५० नि.मावि शिक्षकले १९ हजार ५ सय ५० र प्रावि शिक्षकले १९ हजार पाउने भएका छन ।

सभाले आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट ११ प्रथामिकताका क्षेत्रहरुमा बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २०८० असार ११ गते सोमवार