चैत २०, सल्यान – सल्यानमा प्राथमिक तह स्थायी हुने १५६ जना शिक्षकहरुलाइ नियुक्ति तथा पदस्थापना कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाइ सल्यानको आयोजना र जिल्ला शिक्षा समन्वय समिती सल्यानका अध्यक्ष बेलाराम रावलको अध्यक्षतामा बाल मन्दिर खलंगाको हलमा सम्पन भएको हो ।

इकाइ प्रमुख लाल बहादुर घर्तीले सहजीकरण गरेको कार्यक्रममा शुभकामना मन्तव्य एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय सदस्य टेक ब. डि.सी., नेपाल शिक्षक संघ सल्यान जिल्ला अध्यक्ष बामदेब अधिकारी, शिक्षक संघ सल्यानका अध्यक्ष मधुसूदन गिरी, एकीकृत अखिल नेपाल शिक्षक संगठन सल्यानका अध्यक्ष हिरालाल नेपाली, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला उपाध्यक्ष टिकाराम आचार्य, नेपाल शिक्षक संघ जिल्ला सचिव ललित पुन लगायतले राखेका थिए ।
त्यस्तै, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति सल्यानले पनि सल्यान जिल्लाबाट प्राथमिक तह स्थायी हुने शिक्षकहरुलाइ संगठनको तर्फबाट बधाई तथा सुखद कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार