चैत ३ राेल्पा – गंगादेब गाउपालिका रोल्पाको एक सानो विद्यालय जिर्ण अबस्थामा मा बाचिरहेको छ । तर सरकार पक्षले कुनै चासो दिएको छैन्न ।
गंगादेब गाउपालिका -५ आरूवाचौर रोल्पामा अबस्थित कक्षा ३ सम्म रहेको श्री गुराँसेतारा प्राथामिक विद्यालयको भवन, शौचालय जिर्ण अबस्थामा रहेको छ। साथै खानेपानीको पनि निकै अभाब रहेको विद्यालयले जनाएको छ । यो विद्यालय २०६६ सालमा त्यहाँका स्थानिय बासिन्दाहरूको जनश्रमदानमा निर्मित विद्यालय हो । वडा नम्बर ५ को कार्यालय देखि करिब १ किलोमिटर दुरिमा अबस्थित रहेको छ ।
विद्यालयमा जम्मा ७० जना विधार्थीहरू मध्ये १ जना गैरदलित र दलित जातिहरूको बाहुलेता बढि भएकोले ६९ जना दलित समुदायका बिधार्थीहरू पढिरहेका छन् । प्राय: ती साना कलिला मुनाहरू गरिब भन्ने शब्द सँग जोडिएर उज्यालो भबिस्य खोजीरहेका छन्। जुन बिधालय खोलाको किनार सँगै रहेकोले जाडो समयमा बिद्यार्थीहरूलाई पठनपाठन गराउन निकै समस्या झेल्नु परेको र विद्यालयमा आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरूको पनि अभाव रहेको विद्यालय परिवारले जनाएको छ ।
विद्यालयमा अहिले सम्म स्थायी दरबन्दी छैन्न, हाल गाउँपालिकाको करार अनुदान कोठा मध्य बालविकास सहित ३ जना शिक्षक र १ जना कार्यालय सहयोगीले विद्यालयमा दैनिक पठन पाठन भईरहेको छ ।
यो विद्यालय सञ्चालनमा आएको १३ अौँ बर्ष प्रबेश गरिसक्यो । कोभिड माहामारीमा यो विद्यालयलाई क्वारेन्टाइन समेत बनाएर प्रयोग गरियो , तर विद्यालयको अबस्था उस्तै देख्न सकिन्छ । विद्यालयको नाजुक अबस्था हुदा पनि सरकार पक्षले कुनै चासो नदिएको स्थानियहरूले बताएका छन् ।