फागुन १९, सल्यान – बनगाड कुपिन्डे नगरपालिका सल्यानले संञ्चालन गरेको १ दिने आँखा चेकजाँच शिविरमा ३ सय २८ जनाले सेवा लिएका छन् ।
नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले उद्घाटन गरेको शिविरमा ३२८ जनाको आँखा चेकजाँच गरिएको हो । जसमा १७८ महिला र १५० जना पुरुष गरि जम्मा ३२८ जना सहभागी भएका हुन । त्यसमध्ये ६२ जनालाई अप्रेसनको लागि छनोट गरिएको र उनीहरुको लागि आँखा अस्पताल सुर्खेतसम्म जान निशुल्क यातायातको व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।
नगर प्रमुख बुढाथोकीले जनताको सेवामा सधै लागि रहने र वृद्ध, अशक्त, असहायलाई बढी प्राथमिकतामा राखेर सहयोग गर्ने बताए । उनले आँखा चेकजाँच गर्दा लाग्ने खर्च समेत नगर पालिकाले व्यवस्था गरिदिएको जनाए ।
बनगाड कुपिन्डे नगरपालिकाको आयोजना तथा रेडक्रस आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोगमा र नेपाल रेडक्रस सोसाइटी देवस्थल उप-शाखाको समन्वयमा शुक्रबार १ दिने वृहत् आँखा शिविरमा संचालन भएको हो ।