माघ १५ सल्यान – कपुरकाेट गाउँपालिकाले लाेक सेवा तथा शिक्षक सेवा तयारी कक्षा संचालन गर्ने भएको छ।

गाउँपालिकाले गत असाेज ३० गते गरेको निर्णय अनुसार आज आइतबार देखि भौतिक उपस्थिति र अनलाइन भर्चुअल मार्फत कक्षा संचालन गर्न लागेकाे जनाएको छ।

उक्त कक्षामा भौतिक रुपमा भर्चुअलबाट उपस्थित भई कक्षा लिन सकिने छ। भौतिक उपस्थित भई कक्षा लिनका लागि कपुरकाेट गाउँपालिका -३ स्थित कालिका माध्यमिक विद्यालयमा आइतबार देखि शुक्रबार सम्म बिहान ७ देखि ९ बजेसम्म र भर्चुअल मार्फत लिन चाहनेका लागि कपुरकाेट गाउँपालिका -५ स्थित जीवनज्याेती माध्यमिक विद्यालयबाट लिन सकिने प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर वलीले बताए।

शिक्षण सामाग्रीहरु सबै गाउँपालिकाले नि:शुल्क उपलब्ध गराउने पनि गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार