मंसिर २२ बाजुरा – जिल्लाको बडिमालिका नगरपालिका– ७ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा विद्यार्थीले विभिन्न माग राख्दै तालाबन्दी गरेका छन। काेराेनाकाे जाेखिम माेल्दै विद्यालय संचालन गरेर पनि नियमित पढाइ नभएको, समयमै पुस्तक उपलब्ध नगराएले विद्यार्थीले आइतबार बिहान सबै विद्यार्थीकाे सल्लाहमा लाबन्दी गरेकाे विद्यार्थी उपेन्द्र पण्डित बताउछन।

याे भन्दा पहिले सामान्य रुपमा प्रधानाध्यापक संग गुनासाे गरेपनि सुनुवाइ नभए पछि तालाबन्दीकाे निर्णय लिन बाध्य भएको विद्यार्थी पण्डितले बताए। तालाबन्दी गर्दा एक्कासि रुपमा गरिकाले कार्यालय भित्र रहेका आठ शिक्षक र दुई शिक्षिका समेत भित्र थुनिएका छन।

तालाबन्दीबारे जानकारी पाएपछि बडिमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल विद्यालयकाे वास्तविक घटना बुझन विद्यालयमा पुगेको छन।

प्रकाशित मिति : २०७७ मङ्सिर २२ गते सोमवार