मंसिर १४ धरान – एक आमा समुहकाे सामुहिक कुटपिटबाट एक विधुवा महिलाको मृत्यु भएको छ।

धनकुटा घर भई विगत ६ वर्ष यता धरान उपमहानगरपालिका -१३ मा डेरा गरि बस्दै आएकि ४२ वर्षिय उषा राइलाई साेहि ठाउँमा रहेको जनजागरण आमा समुहकाे निर्घात कुटपिटबाट मृत्युु भएको बुझिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

केही वर्षअघि श्रीमानकाे मृत्युपछि सिलाई बुनाईकाे सानाे व्यवसाय गर्दै आएकि उषालाई विभिन्न आराेपमा उक्त आमा समुहले एक महिना अगाडि नै कुटपिट गरेपछि घाइते भएकि उषाकाे विपि अस्पतालमा भेन्टिलेटरमा उपचारको क्रममा मंगलबार दिउँसो २ः४० मा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकालले बताए।

मंगलबार नै मृतक उषाकि छाेरीले प्रहरीमा जाहेरी दिइसकेकि छन। घटना हुदाकाे भिडियो समेत प्रहरीलाई प्राप्त भएकाले कुटपिटमा संलग्नहरुहरु पहिचान भएपनि फरार रहेकाले खाेजतलास गरिरहेकाे प्रहरी उपरीक्षक ढकालले बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १३ गते मङ्गलवार