मंसिर १९ राेल्पा – जिल्लाकाे त्रिवेणी गाउँपालिका जुगारस्थित जनजागृति मा.वि जुगारकाे ८ काेठे छात्राबास भवन गाउँपालिका अध्यक्ष शान्त कुमारले रिवन काटेर उदघाटन गर्नु गर्नु भएकाे छ।
नव निर्मित छात्रावास भवनकाे उदघाटन गर्दै गाउँपालिका अध्यक्ष शान्त कुमार वलीले स्थानीय निर्वाचन पहिले विद्यालयहरुकाे भाैतिक संरचनाकाे अवस्था कस्तो थियाे र अहिले कस्तो छ यसबाट पनि हामी विकासका गतिहरले कति फड्को मारेकाे छ भन्ने कुरा पनि हामी देख्न सक्छौ भने शिक्षा क्षेत्रमा भएकाे विभेदलाई हटाउँनकाे लागि पनि बाेडि्ङहरुलाई सरकारी विद्यालयहरुमा गाभेका छाै भने याे विद्यालय नमुना मा.वि घाेषणा भईसेकाेले यस विद्यालयलाई राम्रो बनाउँनकाे लागि सबैै आ आफनाे ठाउँबाट लाग्नु पर्ने बताउँनु भयाे।
कार्यक्रममा बिशिस्ट अथिति तथा त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले जति शिक्षा क्षेत्रमा लगानी गरेकाे गरिएको छ त्यति प्रतिफल आउँनु पर्छ भन्ने मान्यता साथ गुणस्तरीय शिक्षा दिन पर्ने बताउँनु भयाे आजकाे युग प्रबिधिकाे युग हाे तर यहि प्रबिधिलाई राम्रो सँग चलाउन नजानेर हरेक ठाउँमा विद्यार्थीहरुकाे भविष्य बर्बाद भएकाे पनि देखिएकाे छ त्यसैले घरपरिवार पछि बालबालिकाकाे भविष्य निर्माण गर्ने जिम्मा विद्यालयकाे पनि हाे त्यसकारण विद्यालय समय भित्र शिक्षक र विद्यार्थीहरुले माेबाईल नल्याउँन अनुराेध समेत गर्नु भयाे।
प्रधानाध्यापक जीवराज भणडारीकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रमकाे सन्चालन शिक्षक तुलसीराम पुनले गर्नु भएकाे थियाे भने कार्यक्रमकाे अध्यक्षता ग्रहण विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसीले गर्नु भएकाे थियाे प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शान्त कुमार वली, बिशिस्ट आथित्यता प्रमुख प्रशासकीय अधिकृत निम बहादुर केसीले गर्नु भएकाे थियाे भने अथिति अासन ग्रहण वडा न ६ का वडा अध्यक्ष लेखमणि डाँगीले गर्नु भएकाे थियाे।
कार्यक्रममा गाउँपालि अर्न्तगत विभिन्न शाखाका प्रमुख शिक्षक शिक्षिका विद्यार्थीहरु लगाएतकाे सहभागीता रहेकाे थियाे।