साउन १८ सल्यान – लोक सेवा आयोगको परिक्षामा सहभागी भएर उत्तरपुस्तिकामा आफ्नो फोन नम्बर लेखेर आफुलाइ फोन गर्न अनुरोध गर्ने परीक्षार्थी पुन: आयाेगकाे परीक्षामा सहभागी हुन नपाउने गरि कारबाही गरेकाे छ।

सल्यानकाे सिद्ध कुमाख गाउँपालिका -२ घर भएका नवीन कुमार रेउलेलाई प्रदेश लोकसेवा आयोगबाट २ बर्षसम्म हुने पदपूर्ति सम्बन्धि कुनैपनि विज्ञापनहरुमा उम्मेदवार हुन नपाउने गरि रोक कारबाही गरिएको प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेश सुर्खेतले जनाएको छ।

रेउलेले स्वास्थ सेवा, हेल्थ इन्कस्केक्सन समुह , सहायक स्तर चौथो तह अहेव पदको वस्तुगत र बिषयगत उत्तरपुस्तिकाको उत्तरखण्डकमा आफ्नो मोबाइल नम्बर राखी फोन गर्न अनुरोध गरेको पाइएपछि प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशकाे साउन १६ गते बसेकाे बैठकबाट उनकाे उक्त परीक्षा रद्द सहित दुई वर्षका लागि आयाेगका परीक्षाबाट वञ्चित गर्ने निर्णय गरि कारबाही गरिएको प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेश सुर्खेतका प्रवक्ता बुद्धि बहादुर खत्रीले बताए।

उनकाे उक्त कार्य प्रदेश लोकसेवा आयोग ऐन दफा ६४ को उपदफा (१) को खण्ड (ख) बमोजिमकाे कसुर ठहर हुने आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार