साउन १७ सल्यान – प्रसुतिकाे लागि जिल्ला अस्पताल सल्यान आएकि महिलामा जटिल समस्या आएपछि हेलिकप्टरकाे माग गरेपनि नआएपछि हेलिकप्टरकाे पर्खाइमै सल्यान अस्पतालमा सफल शल्यक्रिया गरिएको छ।

शारदा नगरपालिका -१२ कि ३२ वर्षीया सीता बुढाको पेटमै बच्चा मरिसकेको र पाठेघर समेत फुटेकाे (प्रि-इक्लाम्सिया) काे जाेखिम अवस्थामा पनि जिल्ला अस्पताल सल्यान कुनै विकल्प नभएपछि जाेखिम माेलेर प्रयाप्त उपकरण नभए पनि साे शल्यक्रिया सम्बन्धी डाक्टर भएकाले सफल शल्यक्रिया गरेकाे अस्पतालले जनाए छ।

पेटमा बच्चा मरेर पाठेघर फुटिसकेकाले प्रदेश अस्पताल सुर्खेत पठाउन हेलिकप्टर माग गरेपनि हेलिकप्टरबाट खराब मौसमका कारण आउन नसकेको भन्दै समय लगाएपछि बाहिर निजि अस्पतालबाट डाक्टर बाेलाएर भएपनि शल्यक्रिया गरिएको हाे।

शल्यक्रियापछि महिलालाई रगत आवश्यक परेपछि अस्पतालका स्वास्थ्यकर्मी र आफन्तले गरि पाँच पाउन्ड रगत दिएपछि चार घण्टामा शल्यक्रिया सफल भएको र अहिले महिलाको अवस्था सामान्य रहेकाे अस्पतालले जनाएको छ।

प्रकाशित मिति : २०७९ साउन १८ गते बुधवार