साउन १५ प्युठान – नौबहिनी गाउँपालिकाकाे बाहानेमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय ८० जनाले सेवा लिएका छन।

काठमाडौ महानगरपालिका -६ बौद्धमा रहेका समृद्धि सेवा समाज र लमजुङ गाेर्खा तनहुँ सेवा समाजकाे संयुक्त आयाेजना र प्युठानमा रहेकाे नौ बहिनी फार्मेसी एण्ड हेल्थ क्लिनिककाे सहयाेगमा उक्त स्वास्थ्य शिविर गरेका हुन।

शिविरमा डा. अनिल बस्नेत, फार्मेसिस्ट निर्मल बुढाथोकी, ल्याव टेक्निसियन प्रतिभा डाँगि, हेल्थ असिस्टेन्ट श्रीजना बुढाथोकि, ल्याव असिस्टेन्ट सोनिका चौधरी, दन्त चिकित्सक चुडामणि शर्मा, ल्याव असिस्टेन्ट कमला बुढाथोकी, हेल्थ असिस्टेन्ट ठाकुर भण्डारी, महिला सम्बन्धी समस्या कमला कुवर लगायतकाे टाेलिले सेवा दिएकाे समृद्धि सेवा समाजका अध्यक्ष रोशन डाँगीले बताए।

१ सय ५० जनाले दन्त सेवा, ५० जनाको नि:शुल्क सुगर जाँच सहित शिविरमा आएका सेवाग्राहीलाई नि:शुल्क रुपमा स्वास्थ्य जाँच, नि:शुल्क औषधी वितरण सहित परामर्श दिइएको हाे। सम्पूर्ण व्यवस्थापन तथा समन्वय गर्ने कम्पनी सहित सबै टिमलाई समृद्धि सेवा समाजका संस्थापक गणेश भट्टराईले धन्यवाद समेत दिएका छन।

प्रकाशित मिति : २०७९ साउन १५ गते आइतवार