साउन १३ काठमाडौ – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि विद्यालयहरूबाट प्रस्ताव आह्वान गरिएकाेछ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतकाे शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि शुक्रबार सुचना सार्वजनिक गरि विद्यालयहरूबाट प्रस्ताव आह्वान गरेको छ।

उक्त कार्यक्रम इच्छुक विद्यालयले सम्बन्धित स्थानीय तह मार्फत साउन २९ गतेभित्र प्रस्ताव पेश प्रस्ताव पेश गर्ने म्याद केन्द्रले दिएकाे छ।

शिक्षा मन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा गत ९ गते बसेको बैठकले विद्यालयहरूबाट प्रस्ताव आह्वान गर्ने निर्णय गरे अनुसार भौतिक सुविधा विस्तार गर्न चाहने सामुदायिक विद्यालयहरूले प्रस्ताव पेश गर्न केन्द्रले आह्वान गरेकाे हाे।

गत आर्थिक वर्षमा कुल ६ हजार ९ सय २१ वटा विद्यालयले आवेदन दिएकाेमा ४ हजार २ सय ५० विद्यालय छनोटमा परेका थिए। छनाेटमा परेका विद्यालयलाई न्युनतम ६ लाख ५० हजारदेखि अधिकतम १ करोडसम्म बजेट उपलब्ध गराइएको थियोे।

प्रकाशित मिति : २०७९ साउन १३ गते शुक्रवार