साउन ११ सल्यान – कपुरकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनमा पनि पालिका भित्रका सबै स्वास्थ्य संस्थाहरु खाेल्ने भएको छ।

पालिका अन्तर्गतका ६ वटै वडामा रहेका स्वास्थ्य चौकी र आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट सार्वजनिक विदा शनिबार लगाएत अन्य विदाका दिनमा पनि सेवा प्रवाह हुने भएको छ।

बुधबार गाउँपालिका एक सार्वजनिक सुचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/०८० काे स्वीकृत नीति तथा कार्यक्रम अनुसार पालिका भित्रका चारवटा स्वास्थ्य चौकि र दुईवटा आधारभुत स्वास्थ्य सेवा केन्द्र सार्वजनिक विदाका दिन पनि खाेल्ने व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीद्वारा हस्ताक्षर सुचनामा भनिएको छ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार