साउन ६ काठमाडौ – काठमाडौमा रहेका दुई वटा सामाजिक संस्थाले लुम्बिनी प्रदेश अन्तर्गत प्युठानमा नि:शुल्क स्वास्थ्य शिविर गर्ने भएको छ।

काठमाडौ महानगरपालिका -६ बौद्धमा रहेका समृद्धि सेवा समाज र लमजुङ गाेर्खा तनहुँ सेवा समाजकाे संयुक्त आयाेजना र प्युठानमा रहेकाे नौ बहिनी फार्मेसी एण्ड हेल्थ क्लिनिककाे सहयाेगमा उक्त स्वास्थ्य शिविर गर्न लागेका हुन।

उक्त नि:शुल्क स्वास्थ्य शिविर आगामी १४ गते शनिबार नौ बहिनी फार्मेसी एण्ड हेल्थ क्लिनिक नौ बहिनी गाउँपालिका -६ बहाने बजारमा हुने समृद्धि सेवा समाजका अध्यक्ष राेशन डाँगीले बताए।

अध्यक्ष डाँगीका अनुसार स्वास्थ्य परीक्षण, अौषधी वितरण, सुगर जाँच र स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम गर्ने तयारी छ।

प्रकाशित मिति : २०७९ साउन ६ गते शुक्रवार