असार ८ रोल्पा – जिल्ला सदरमुकाम लिबाङ स्थित जलजला बहुमुखी क्याम्पसका प्रध्यापकहरु र क्याम्पस कर्मचारीहरुले सयुक्त रुपमा आन्दोलन गरिरहेका छन।

जलजला बहुमुखी क्याम्पस मध्यपश्चिम विश्वविद्यालयमा समायोजन भएको पाँच वर्ष भई सक्दा पनि क्याम्पसमा भएका कर्मचारी र प्राध्यापकहरुलाई समयमै व्यवस्थापन नगरी काम चलाउ तरिकाले क्याम्पसको शैक्षिक तथा प्रशासनीक गतिविधिहरु अगाडि बढाइरहेको भन्दै मंगलबारदेखि आन्दोलन गरिरहेका छन।

साेहि चरणबद्ध आन्दोलनको कार्यक्रम अनुसार बुधबार हातमा कालाेपट्टी बाधेर प्रध्यापन गराएका छन। मंगलबार पत्रकार सम्मेलन गरि आन्दोलनको घाेषणा गरेकाे प्रेस विज्ञप्ति मार्फत स्पष्ट पार्दै भनिएकाेछ `विश्वविद्यालयमा क्याम्पस समायोजन हुनु अघि देखि खाइपाइ आएको ग्रेडको निरन्तरता केन्द्रिय क्याम्पस र निकायहरु सरह उपलव्ध हुनु पर्ने, क्याम्पस समायोजन हुनु पुर्वको अस्थायी र करार सेवा विश्वविद्यालयको ऐन र नियमावलिमा उल्लेख भए बमोजिम कानून बमोजिम सेवा अवधि पूरा भएपछि सवै सुविधा पाउनु पर्ने गरी गणना हुनु पर्ने, विद्यार्थीले पाउने छात्रवृत्ति उपलव्ध गराउनु पर्ने लगाएतका माग राखेका छन।

आफ्ना मागहरु पुरा नभएमा असार ७ गते देखि एक हप्ता सम्म हातमा कालोपटी बाँधि प्राध्यापनको कार्यक्रम सुचारु राख्ने, दाेस्रो हप्ता सम्म कुनै पनि सुनुवाइ नभएको अवस्थामा पेन डाउन गरी प्राध्यापन सुचारु राख्ने, दोस्रो हप्ता पछि पनि सुनुवाइ नभए तेस्रो हप्ता देखि प्रशासन कक्षमा तालाबन्दी गरी प्राध्यापन र अन्य कार्य सुचारु राख्ने, त्यसपछी पनि सुनुवाइ नभए चौथो हप्ता देखि क्याम्पस प्रशासनको कुनै कार्यमा संलग्न नहुने तर प्रध्यापन सुचारु राख्ने र त्यस पश्चात पनि मागहरु पूरा नभएमा क्याम्पसमा तालाबन्दी गर्ने र थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने प्रध्यापक तथा कर्मचारी हकहित सरोकार मञ्च रोल्पाका संयोजक कृष्णप्रसाद न्यौपाने लगाएत क्याम्पस प्राध्यापनरत प्रध्यापकहरुद्धारा हस्ताक्षर विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : २०७९ असार ८ गते बुधवार