असार ७, सल्यान- सल्यान बागचौर नगरपालिका वडा नं. ३ कि क्यान्सर पिडित निर्मला डाँगीको उपचारार्थका लागि अभियान्ताहरुद्वारा उठेको आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ ।

बागचौर नगरपालिका ३ का खड्क बहादुर डाँगीको २२ वर्षिय श्रीमती निर्मला केसी डाँगीलाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि धेरै आर्थिक लाग्ने भएको हुदा न्यून आर्थिक अवस्था भएको र अप्ठ्यारो परेपछि परिवारले सहयोगको लागि सबैतिर अपिल गरे अनुसार अभियान्ताद्वारा उठेको जम्मा १ लाख २० हजार रकम पीडितको परिवारलाई बुझाइएको हो ।

विभिन्न मिडियासँगै समाजिक संजालबाट सहयोगका लागि अपिल गरे लगत्तै अभियान्ताहरुद्वारा यो अभियानको शुरुआत भएको थियो ।

“दुखको घडिमा हातेमालो गर्न सिकौं, आज साथ दिऔ भोलि साथ लियौ।” भन्ने मान्यता लिइ अभियान्ताहरुबाट यति धेरै रकम संकलन गरिएको हो ।

अभियानमा जोडिएका अभियान्ताहरु र संकलित रकम यस प्रकार छ । यस्तै यो अभियान्ताहरु मध्येको एक टिमले संकलन गरेको रकम हो भने अन्य व्यक्तिहरुबाट पनि श्रीमान् र छोरीको खातामा रकम संकलन भैरहेको छ । निर्मलाको अप्रेसनको लागि सम्पुर्ण तयारी भैसकेकोले आझै पनि रकम नपुगेको हुँदा अभियानलाई निरन्तरता दिन र सक्दो सहयोग गर्न पिडितका श्रीमानले सबै समक्ष सहयोगको अपिल समेत गरेका छन ।

प्रकाशित मिति : २०७९ असार ७ गते मङ्गलवार