असार ४ सल्यान – सिद्ध कुमाख गाउँपालिकाको आयोजना तथा सिटी हस्पिटल दाङको सहयोगमा ढोरचौरको निराजन माध्यमिक विद्यालयमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गाउँपालिकाले सामान्य खर्चको अभावमा उपचार गर्न नपाएका नागरिकलाई लक्षित गरी शिविर सञ्चालन गरिएको उल्लेख गर्दै ग्रामिण समुदायमा धेरै नागरिक सामान्य उपचार खर्च समेत नपाएर रोग पालेर बस्न नपरोस भन्ने उद्धेश्यले आयोजना गरिएको शिविरबाट बालबालिका,किशोर किशोरी देखि वृद्धवृद्धाले सेवा लिएका छन ।
जिल्ला समन्वय समितिका प्रमुख बेलाराम रावलको प्रमुख आथित्य भएको स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष भरत गिरीले आफुले सबै भन्दा पहिला आम नागरिकको स्वास्थ्यलाई प्राथाकिता दिएको बताए। यो शिविरले गाउँपालिका बासीमा के कस्ता समस्या रहेछन ति रोगको पहिचाहन गर्नको लागि पनि आयोजनाा गरिएको र हरेक नागरिकको स्वास्थ्यलाई आफुले पालिका भित्रै केहि समय पछि राम्रो उपचार गर्ने ब्यबस्था मिलाउन लागेकाे समेत बताए।
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतले ग्रामिण क्षेत्रमा गुणस्तरिय स्वास्थ्य सेवा बाट बञ्चित रहेका नागरिक लाई नि:शुल्क स्वास्थ्य सेवा दिने उद्धेश्यले शिविर आयोजना गरिएको बताए।
शिविरमा सिटी हस्पिटलका डा.हेम राज शर्मा,डा. रेशम गौतम,डा.सन्जय मर्हजन,डा.रचना खडका,डा.राकेश श्रेष्ठ,डा.जनक गुरुङ लगायतका बिशेषज्ञ डाक्टरहरुद्धारा स्त्री तथा प्रसुति सेवा, नाक कान, घाँटी, हाड जोर्डी, नसा सम्वन्धी, जेनेरल मेडिसियन, आँखा चेकजाँज, ल्याब टेष्ट सम्वन्धि निःशुल्क चेक जाँच गरिएको हाे।
शनिबार आयोजना गरिएको शिविरमा ३ सय ९४ जना महिला र १ सय ८० जना पुरुष गरि ५ सय ७४ जनाको प्रत्यक्ष सहभागिता रहेको थियो । स्वास्थ्य शिविरमा सबै भन्दा बढि तल्लो पेट दुख्ने, हाडजोर्नी र नसा सम्बन्धिका बिरामीहरुले जाँच गराएका छन् । स्वास्थ परिक्षण पश्चात् बिरामिहरुलाइ नि:शुल्क औषधि बितरण गरिएको छ ।