जेठ २८ सल्यान – क्यान्सर उपचारार्थ आर्थिक सहयाेग गर्न पिडित परिवारले सबैमा आग्रह गरेकाे छ।
बागचौर नगरपालिका – ३ का खड्क बहादुर डाँगीको २२ वर्षिय श्रीमती निर्मला केसी डाँगीलाई क्यान्सर पुष्टि भएपछि उपचारको लागि धेरै आर्थिक लाग्ने भएकाे हुदा न्यून आर्थिक अवस्थाकाे परिवारलाई अप्ठ्यारो परेपछि सहयोगकाे अपिल गर्नु परेकाे परिवार स्राेतले जनाएको छ।
क्यान्सर पिडित निर्मलाकाे पहिले देखि नै हात दुख्ने र उपचार गर्न धेरै हस्पिटलमा धाउदा अन्तिमा चितवनको क्यान्सर हस्पिटलमा गएपछि क्यान्सर भएको पुष्टि भएपछि डाक्टरको सल्लाहमा ३ वटा कि.मु चढाउनु पर्ने भनेर ३ लाख खर्च भैसकेको र फेरि अप्रेसन गर्नुपर्ने हुदा कम्तिमा पनि ६ लाख पैसा जम्मा गर्नुपर्ने अस्पतालले भनेपछि परिवारलाई आर्थिक संकट थपिएको हाे।
परिवार आर्थिक रुपमा न्यून रहेकाले अहिलेसम्मको उपचार खर्च पनि गाउघर तथा इस्टमित्रको सहयोगबाट जुटेकाे हुदा बाकी उपचार गर्ने देखि दैनिकी घर खर्च चलाउने समेत आर्थिक संकट थपिएपछि पिडित परिवारले वडा कार्यालयबाट सिफारिस नै लिएर सहयोग अपिल गरेकाे छ।
सहयाेग गर्न इच्छुक जाे काेहिले पनि तलकाे विवरण मार्फत सहयाेग गर्न परिवारले आग्रह गरेकाे छ।
खातावालाको नाम – सुशिला डि.सि
खाता नम्बर – 0432140067999800001
मुक्तिनाथ विकास बैंक, थारमारे शाखा ,
सल्यान कर्णाली प्रदेश। नेपाल
थप जनकारिको लागि सम्पर्क
खडग डिसी ( श्रीमान ) : 9809538432
भरत डिसी (अन्कल ) : 9822983113
खिमराज डि.सि. (अन्कल ) : 9812880251
तारादेब डि.सी (देवर) : 9822987191