भदौ ४ दाङ – झाडापखालाबाट एक बालिकाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन।
राजपुर गाउँपालिका -७ भैसाही नाका पलानगौरीकि ७ वर्षीया सम्झना परियारकाे शुक्रबार अपरान्ह ४ बजेतिर मृत्युु भएको हाे।
बिरामी पर्नेमा सोही ठाउँकी ९ वर्षीया अस्मिता बुढा, २८ वर्षीया लालमती परियार, उनकी छोरी ३ वर्षीया सपना परियार, ५३ वर्षीया शेषमति बुढाथोकी, २३ वर्षीया विमला राना, डेढ वर्षीय हिमाल राना, ४ वर्षीय सुदीप राना, ४३ वर्षीय बालाराम गिरी छन्। यस्तै राजपुर गापा-७ भैसाही नाकाका ३५ वर्षीय गंगाराम परियार, ३८ वर्षीय केशरबहादुर घर्ती, २८ वर्षीया प्यारी राना, १२ वर्षीय शेरबहादुर घर्ती, ६८ वर्षीया अम्बा पुन, २७ वर्षीया शोभा गिरी, ३७ वर्षीया सुनमाली कँवर, ३३ वर्षीया पार्वती कँवर, डेढ महिनाकी बालिका तुलसी घर्ती रहेका छन।
बिरामीहरुकाे अवस्था अहिले सामान्य रहेकाे र स्वास्थ्यकर्मी काे त्यहि ठाउँमै बसेकाे छ। दाङकाे विकट ठाउँ रहेकाे हुदा त्यहा पुग्न भारतकाे बाटाे भएर जानुपर्ने हुदा झन्डै ६ घण्टासम्म लाग्ने र त्यहा भएको एक स्वास्थ्य ईकाइ पनि २/३ घण्टाकाे दुरिमा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक कमलबहादुर रोकायले बताए।