साउन ६ काठमाडौ – नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजग हुन आग्रह गरेकाे छ।
मन्त्रालयले एक सार्वजनिक सूचना निकालेर विमानस्थल, हवाई, सार्वजनिक यातायात तथा गोष्ठी, सेमिनार, बैठक लगाएत मानिसको भिडभाड हुने ठाउँमा जादा मास्कको अनिवार्य प्रयोग गर्न र खोप नलगाएकाहरूले लगाउन मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा हस्ताक्षर सुचनामा भनिएको छ।
नेपालकाे काेराेना संक्रमित पछिल्लो तथ्यांकअनुसार बिहीबार कुल ३ हजार ५६९ जनाको कोरोना परीक्षण गर्दा ४ सय ३५ जनामा कोरोना देखिएको छ भने देशभर २ हजार ५३७ जना कोरोनाका सक्रिय संक्रमित छन्।