बैशाख ३० बैतडी –  मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ।

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका ३ कफल्डाका ८४ वर्षिय हरिसिंह भाट रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बिहान ८ बजे  सनातन धर्म मावि खोचलेककाे मतदान स्थलमा मतदान गरेपछि फर्कने क्रममा मतदानस्थल बाहिर पुगे लगत्तै अचेत भएपछि उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडी प्रमुख प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ३० गते शुक्रवार