बैशाख २७ काठमाडौ – अहिले सामाजिक संजाल लगाएत विभिन्न मिडियाहरुमा नागरिकता मात्रै भए पनि मतदान गर्न पाउने बताइएको छ।

तर निर्वाचन आयोगले भने त्यसबारे कुनै छलफल नै नभएको र आयाेगले भने अनुसार भन्दा फरक तरिकाले बुझे पछि भ्रम फैलिएको बताएको छ।

आयाेगका अनुसार बैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने छन। नागरिकता भने १६ वर्षमा नै पाउने व्यवस्था छ। त्यस मध्येका मतदाता नामावलीमा दर्ता गराएका नयाँ मतदाता अर्थात भर्खरै नागरिकता बनाएका तर बैशाख २९ सम्म १८ वर्ष पूरा भएका र परिचय पत्र हराएकाहरूलाई मतदाता परिचयपत्र दिने व्यवस्था मिलाएपछि कतिपयले नागरिकता मात्रै भए पनि मतदान गर्न पाउने भन्ने बुझाई भएको आयाेगका प्रवक्ता आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

हरेक प्रशासन कार्यालयमा निर्वाचन सेल रहेकाे र नागरिकता लिने क्रममा निर्वाचन सेलबाट नागरिकता बमोजिमको नाम समेटिएको हुने हुदा आयाेगले बैशाख २९ गतेसम्म १८ वर्ष पुगेकालाई मतदान स्थलबाट उक्त परिचयपत्र सम्बन्धित मतदातालाई दिने र परिचय पत्र हराएकाकाे हकमा गत फागुन २० गते सम्ममा वडा कार्यालय मार्फत् निवेदन दिएकाहरुलाई आयोगले बुधबार र बिहीबार अर्थात २८ र २९ गते मतदानस्थलहरूमा मतदाता परिचय वितरण गर्ने व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए। उनिहरुसंग अहिले नागरिकता मात्रै साथमा छ। यसले गर्दा पनि नागरिकता मात्रै भएपनि मतदान गर्न पाउने भ्रम फैलिएको हाे।

यद्यपि १८ वर्ष पुगिसकेका नागरिकता पनि भएका तर मतदाता नामावली दर्ता नगरेकाहरुले भने मतदान गर्न नपाउने आयाेगले स्पष्ट पारेकाे छ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार