बैशाख २६ रोल्पा – निर्वाचन आयाेगले राेल्पाका लागि पठाएका मतपत्र सदरमुकाम लिबाङमा असुरक्षित रुपमा राखिएको सार्वजनिक भएको छ।

पूरा राेल्पा जिल्ला भरिका लागि आएका मतपत्र होटलका कोठा कोठामा राखिएको बाहिरिएको हाे। निर्वाचन सम्पन्न गराउन प्रायःचुनौती खेप्नुपर्ने सुरक्षा निकायले मतपत्रकाे सुरक्षामा किन ध्यान दिएन भन्ने जिज्ञासा जाे केहिमा पनि रहन्छ।

निर्वाचन आयाेगले मतपत्र सहित निर्वाचन सामाग्रीहरु जिल्लाकाे मुख्य निर्वाचन कार्यालयकाे जिम्मेवारी रहने गरि पठाएको थियाे। त्यसपछि आइतबार लिबाङमा मुख्य निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीलाई जिम्मेवारी दिदै सम्बन्धित ठाउँ सम्म पुर्‍याउन जिम्मेवारी दियाे।

साझ परिसकेकाे हुदा एक रात मतपत्र लिबाङमै थन्क्याउनु पर्ने निष्कर्षमा पुगेका कर्मचारीहरुले सकेसम्म एकै ठाउँमा थन्क्याउने निधाे गरि पुनः मुख्य निर्वाचन कार्यालयमा सल्लाहकाे लागि साेधेपछि कार्यालयबाट प्रमुख जिल्ला अधिकारीसंग समन्वय गर्ने निर्णय गरेपछि कर्मचारीहरु प्रजिअलाई भेट गर्न पुगेका थिए।

तर प्रजिअले मतपत्र कर्मचारी स्वयंमले सुरक्षित राख्न भनेपछि मतपत्र हाेटलमा राख्नुपर्ने अवस्था आउने र प्रजिअले एकरात पनि मतपत्र राख्ने व्यवस्था नमिलाई दिएको कर्मचारीहरुले आराेप लगाएकाे भन्ने समेत सार्वजनिक भएको छ।

उता प्रजिअ नवराज सापकाेटाले हाेटलमा राख्ने कुनै कुरा नउठेकाले अफवाह फैलाउन खाेजेकाे बताएका छन। प्रजिअ सापकोटा भन्छन्; `मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट मतदान अधिकृतहरुले बुझेका मतपत्रहरु प्रहरीको सुरक्षामा उनिहरु बसेको स्थानमा राख्नेकी कहाँ राख्ने सम्बन्धमा उहाँहरु अन्याेलमा हुनुहुदाे रहेछ त्यसपछि छलफल गर्दा अन्त्यमा जिल्ला प्रहरी कार्यालयमा राख्ने व्यबस्था मिलायर म आइतबार बेलुका अफिसबाट निस्केको हु।´ याे हाेटलकाे कुनै कुरा आएन सरासर गलत प्रचार गरिएछ। उनी भन्छन्।

जनसहारासंग कुरा गर्दै प्रजिअ सापकोटा थप्छन; सिडिओलाई विश्वास नगरेर मुख्य निर्वाचन अधिकृतकाे जिम्मेवारीमा पठाइएको हुन्छ, फेरि मुख्य निर्वाचन अधिकृतबाट मतदान अधिकृतले बुझिसकेपछि सिडिओले जिम्मेवारी लिने कुरा हुदैन, उहाँहरुले सल्लाह मागेपछि मैले सहजिकरण गरि व्यवस्थापनकाे टुंगो लगाएकाे हु, अहिले सबै मतपत्र जिल्ला प्रहरी कार्यालय भित्र छन, नभएको प्रसंग जाेडेर किन अफवाह फैलाइयाे भन्दै प्रश्न गर्छन।

निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गराउने सबै लाग्नु पर्ने यसरी सुरक्षा निकाय माथि प्रश्न उठने गरि नभएको प्रसंग जाेडेर अफवाह नफैलाउन र सम्बन्धित विषयकाे साेधपुछ र अध्ययन गरि सार्वजनिक गर्न आग्रह समेत गरे।

उता मुख्य निर्वाचन अधिकृतले पनि हाेटलमा राख्ने प्रसंग नभएको बताए। मुख्य निर्वाचन अधिकृत दिलिपराज पन्तले प्रमुख जिल्ला अधिकारीसंग समन्वय गर्न भन्दै प्रजिअकाे कार्यकक्षमा कर्मचारी र मतपत्र पठाएको जनसहारासंग बताए।

साझकाे समय भएकाे हुदा व्यवस्थापनमा पनि समय लाग्ने भएपछि तत्काल समस्या हल गर्न सुरक्षाका हिसाबले पनि ढुक्क हुने भएपछि आफुले विकल्पकाे रुपमा प्रजिअकाे निर्णय अनुसार व्यवस्थापन गर्ने साेचले पठाएको बताए। उनी भन्छन्; `मतपत्र सबैतिर पठाउने निर्णय अनुसार जिम्मेवारी सहित मतपत्र दिइयाे तर तत्काल जाने समय नभए पछि हामी सुरक्षाकाे हिसाबमा पहिला प्रजिअबाट सल्लाह लिने साेचेर त्यहि अनुसार गरेका छलफल भएपछि प्रजिअ मार्फत जिल्ला प्रहरी कार्यालय भित्र राख्ने निर्णय भयाे र अहिले मतपत्र त्यहीँ छन।´

अब साेमबार दिनभरिमा सबै मतदान स्थलमा कर्मचारी सहित सबै सामाग्री पठाइसक्ने गरि काम भइरहेकाे समेत मुख्य निर्वाचन अधिकृत पन्तले बताए।

प्रकाशित मिति : २०७९ बैशाख २६ गते सोमवार