बैशाख २२ सल्यान – स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्र बागचौरले घाेषणा पत्र सार्वजनिक गरेकाे छ।

उक्त नगरपालिका प्रमुख उम्मेदवार कृति बहादुर पुन र उपप्रमुखमा सुम्मिना डिसी रहेका छन। नगरपालिका भरि सिङ्गो प्यानल नै विजय गराउन अपिल गर्दै नगर भित्र गरिने विकास निर्माण देखि वडा कार्यालय व्यवस्थापन सम्मका प्रतिबद्धता गर्दै घाेषणा गरेका हुन।

नगर भित्र एक वडा एक नमुना विद्यालय, प्रत्येक वडामा माध्यमिक तह विद्यालय संचालन, आधुनिक शिक्षा प्रणाली संगै प्रविधि मैत्री, नगर भित्र सुविधा युक्त नगर अस्पताल, स्वास्थ्य चौकी भवनहरुकाे स्तराेन्नती तथा सर्वसुलभ सेवाकाे व्यवस्था गरिने उल्लेख गरिएको छ।

त्यसैगरी विद्युत सेवालाई जनतासामु सहज तरिकाले परिपुर्ति गर्न नगरभित्र सबै ठाउँमा विद्युथ लाइन विस्तार गरि उज्यालो नगर सहित मुख्य मुख्य बजारमा इन्टरनेट सेवा, सबै किसिमका कर तिर्न, प्रमाणपत्र लिन अनलाइन प्रणाली, प्रत्येक वडाकाे डिजिटल प्राेफाइलकाे व्यवस्था गरि समेत उल्लेख छ।

घाेषणा पत्रकाे पुर्णपाठ;

प्रकाशित मिति : २०७९ बैशाख २२ गते बिहिवार