असाेज २५ राेल्पा – त्रिवेणी गाउँपालिका राेल्पाले स्वास्थ्य क्षेत्रकाे गाउँपालिका स्तरीय सुत्केरी पछिकाे आमा र नवजात शिशुकाे स्वास्थ जाँच सम्बन्धि एक दिने गाेष्ठी तथा अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएकाे छ ।

गाउँपालिका अध्यक्ष शान्त कुमार वलीकाे अध्यक्षतामा शुरु भएकाे कार्यक्रमकाे सन्चालन स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढाले गर्नु भएकाे थियोे भने कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत , लेखा अधिकृत ५ वटै वडा अध्यक्षहरु,स्वास्थ्य चाैकि ईन्चार्ज, बर्थिङ सेन्टरका नर्सिङ ईन्चार्जहरुकाे सहभागीता रहेकाे थियाे।

त्रिवेणी गाउँपालिकामा सुत्केरी आमा र नवजात शिशुकाे घरमै गएर स्वास्थ जाँच गरी प्रसुति सेवामा सुधार ल्याउने उद्देश्यका साथ याे कार्यक्रम ल्याउन लागेकाे स्वास्थ सि.अ.हे.व अधिकृत भुप बहादुर केसीले बताउनु भयाे। त्यस्तै कार्यक्रम बाेल्दै स्वास्थ्य शाखा प्रमुख पूर्ण बहादुर बुढा मगरले सुत्केरी भए पछि आमा र बच्चाकाे स्वास्थ्यलाई बच्चा जन्मेको २४ घण्टामा र बच्चा जन्मेको तिन दिन त्यस्तै बच्चा जन्मेको सात दिन पछिजाँच तिन पटक सम्म अनिवार्य रुपमा आमा र बच्चाकाे स्वास्थ जाँच गर्नु पर्ने बताउनु भयाे।

अभिमुखिकरण कार्यक्रममा बाेल्दै अध्यक्ष शान्त कुमार वलीले गुणस्तरीय र जनमुखी स्वास्थ सेवा प्रदान गर्नु आफनाे गाउँपालिकाकाे उद्देश्य रहेकाेले घरमै गएर सुत्केरी पछि आमा र बच्चाकाे स्वास्थ जाँच गरी सुरक्षित प्रदान गर्ने भएकाेले त्रिवेणी गाउँपालिका दिदिबहिनीहरुले यस कार्यक्रमबाट लाभ प्राप्त गर्न सक्ने बताउनु भयाे। उहाँले यस PNC Home visit याेजना गाेष्ठि तथा अभिमुखिकरण कार्यक्रम भर्खरै शुरु भए पनि यसले बिस्तारै राम्रो प्रतिफल ल्याउनेमा समेत खुसी व्यक्त गर्नु भयाे।

गाेष्ठि तथा अभिमुखिकरण कार्यक्रममा मातृत्व र नवशिशुकाे स्वास्थ सेवा सुधार गर्न स्वास्थ्य संस्थाकाे कार्ययोजना समेत तयार गरिएको छ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार