बैशाख १७ प्युठान – आफ्नै बुवाकाे हत्या गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेकाे छ।
आफ्नै बुवा ८३ वर्षीय जंग बहादुर सुनारको हत्या गरेको अभियोगमा नौबहिनी गाउँपालिका-४ खबाङ खप्रेटा बस्ने ३० वर्षीय तुले सुनारलाई शुक्रबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ।
मादक पदार्थ सेवन गरेका तुलेले बाबू छाेरा बिच सामान्य विवादपछि ढुङ्गा प्रहार गर्दा जंग बहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले बताए।
घटनाबारे स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय लुङबहानेबाट खटिएको प्रहरी टाेलीले पक्राउ गरेको र घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक थापाले बताए।