बैशाख १७ राेल्पा – गाउँपालिकाले अनुदानमा साेलार वितरण गर्ने भन्दै स्थानीयले रकम उठाएकाे महिनौ बितिसक्दा पनि स्थानीयले साेलार पाएका छैनन्।

गंगादेव गाउँपालिका भित्रका विद्युत लाइन वा लघु विद्युतकाे पहुँचमा नभएका  स्थानीयहरुलाई लक्षित गरि अनुदान बापत प्रति व्यक्तिले ढुवानी खर्च ३ हजार रुपैयाँ मात्रै तिर्नुपर्ने सर्तमा गंगादेव गाउँपालिका र ह्यान्ड फर हेल्प इन्टरनेशनल फाउन्डेसन(HHF) दक्षिण काेरिया र उक्त कम्पनीकाे नेपालमा शाखा कार्यालय काठमाडौ स्थित लाजिम्पाट बिच गत पुस मसान्तसम्म काम सम्पन्न गर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै अत्तोपत्तो छैन।

गत मंसिर १२ गते इलेक्ट्रोनिक व्यवसायीहरु तुलसीपुर उपमहानगरपालिका -९ दाङका निम खड्का र गंगादेव गाउँपालिका -७ का खगेन्द्र वलीकाे राेहबरमा कम्पनीकाे तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र अधिकारी र फाइनान्स म्यानेजर अनिता तामाङ त्यस्तै गाउँपालिकाकाे तर्फबाट तत्कालीन गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरि काम अघि बढाउने निर्णय गरेका थिए।

सम्झौता पत्र

उक्त सम्झौता पत्रमा १४ बुदे सर्तहरु उल्लेख गरिएको छ। जसअनुसार काम सुचारु गर्न गाउँपालिकाले कम्पनीलाई ५० प्रतिशत रकम पहिले नै दिनुपर्ने र बाँकी रकम काम सम्पन्न पछि दिने सम्झौता गरिएको छ। तर गाउँपालिकाले स्थानीयबाट रकम संकलन गरि कम्पनीलाई रकम नदिएपछि काम अलपत्र परेकाे साेहि सम्झौता पत्रमा राेहबर कर्ताकाे रुपमा रहेका खगेन्द्र वलीले बताए।

सम्झौता पछि गाउँपालिकाले विभिन्न वडाका स्थानीयबाट रकम संकलन गरिसकेपछि पनि कम्पनी प्रति विश्वास नभएको भन्दै पूरा गरेपछि मात्रै रकम भुक्तानी गर्ने भनी रकम नदिएपछि उक्त कम्पनीले पनि काम नगरेपछि आफुले व्यक्तिगत रुपमा ६ लाख रुपैयाँ कम्पनीलाई दिइसकेको तर त्यस पश्चात पनि गाउँपालिका र कम्पनी कसैले पनि चासाे नदेखाएको वलीले जनसहारा संग बताए।

जनसहारा संग उनले भने “म कम्पनीकाे कुनै आधिकारिक मान्छे हैन र गाउँपालिकाकाे भने म बासिन्दा भएको हुदा त्याे कम्पनीले अन्य दुर्गम ठाउँहरु हुम्ला, जुम्ला र कालिकोट जस्ता जिल्लाहरुमा काम गरेकाे पाएपछि त्यहि देखेर मैले गाउँपालिकासंग कुरा गरेर ल्याएकाे मात्रै हाे यसरी दुवै तर्फबाट धाेका पाइएला भन्ने कल्पना समेत गरेकाे थिइन।”

केही दिन अघि फेरि साेहि कम्पनीको प्रबन्धकले फाेन मार्फत बैशाख १५ गते सम्म साेलार उपलब्ध गराउने भनेर तत्कालीन गाउँपालिका अध्यक्ष वीर बहादुर खत्रीलाई समेत जानकारी गरेकाे भएपनि साेलार ल्याएकाे छैन। तर खगेन्द्र वलीले आफुले व्यक्तिगत रुपमा आफुले ६ लाख दिएकाे दाबी गर्दै आएका छन भने गाउँपालिकाले वलीकाे नाममा ६ लाख जम्मा गरिदिएकाे बताएको छ।

जिल्ला प्रशासन र अख्तियारमा मुद्दा

यहि विषयलाई लिएर जिल्ला प्रशासन राेल्पा र अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा मुद्दा समेत परिसकेको छ।

स्थानीय समेत रहेका नेपाली कांग्रेस जिल्ला कार्यसमिति सहसचिव सुनिलकुमार वलीले गाउँपालिकाले उठाएको रकम फिर्ताको माग गर्दै र गलत कार्य गर्नेलाई कानुनी कारवाहिको माग राख्दै गत फाल्गुण १७ गते मुद्दा दायर गरेका थिए।

छानवीनकाे लागि दायर गरिएको मुद्दा

उता जिल्ला प्रशासन कार्यालयले राेल्पाले भने याे विषय छानबिनमै रहेकाे बताएको छ।

यसअघि देखि नै अख्तियारले पनि अनुसन्धान गरिरहेकाे हुदा र अनुसन्धान पछि काेहि दाेषि सावित भए कारबाही गर्ने प्रतिबद्धता जनाउदै अहिले अनुसन्धान नसकिदै कुनै केही भन्न नसकिने प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनसहारासंग बताए।

जनसहारा संग कुरा गर्दै प्रजिअ सापकोटा भन्छन्; “यस बिषयमा छानबिन भैरहेको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट नि छनबिन भइरहेको छ अनुसन्धान नसकिकन केही भन्न सकिदैन,जे होस अनियमित भयको भए कारबाही हुन्छ,जिल्ला प्रशासन कर्यालयबाट पनि छानबिन भइरहेको छ, जे होस दोषी लाई कार्बाही गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”

गाउँपालिका के भन्छ ?

उक्त कम्पनीको लापरबाहीले साेलार वितरण नहुने देखिएपछि स्थानीयबाट संकलन गरेकाे पैसा फिर्ता गर्ने तयारी थालेकाे गाउँपालिका स्राेतले जनाएको छ।

अहिले बाहिर भनिए अनुसार जम्मा संकलन भएको रकम करिब ३२ लाख रहेकाे र त्यस मध्ये ६ लाख रकम उक्त कम्पनीलाई खगेन्द्र वली मार्फत दिइसकेको हुदा अब बाँकि मध्ये बैंकको व्याज सहित करिब २६ लाख बढी रहेकाे र उक्त रकम आफ्नाे खातामा सुरक्षित रहेकाे गाउँपालिका प्रेस संयाेजक अशाेक वलीले बताए।

साेलार वितरणकाे जिम्मा पाएकाे कम्पनीले विभिन्न बाहानामा काम टार्न खाेजेर रकम मात्रै माग गरिरहने तर कम्पनीको आधिकारिक बैंक खाता नदिएर अन्य व्यक्तिकाे खातामा जम्मा गर्न भनेपछि कम्पनी प्रति विश्वास नलागेर तत्कालीन गाउँपालिका अध्यक्ष खत्रीले काम सम्पन्न गरेपछि मात्रै रकम दिने भनेर राेक्का गरेका थिए। त्यति हुदासम्म काम सम्पन्न गर्नुपर्ने म्याद गत पुस मसान्तसम्म मात्रै भएपछि म्याद सकिसकेपछि पुनः कम्पनीले चासाे देखाएपछि अन्य अपरिचित व्यक्तिकाे खातामा रकम जम्मा गर्न लगाएपछि त्यति विश्वास नगरेकाे गाउँपालिकाले खगेन्द्र वलीकै खातामा ६ लाख जम्मा गरिदिने र एक महिना म्याद पनि थप गर्ने सहमति भएपनि कुनै काम नभए पछि अब जनताको रकम फिर्ता गर्ने निर्णयमा पुगेकाे प्रेस संयाेजक वलीले बताए।

वलीका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष खत्रीले बैशाख १८ सम्ममा सबैकाे रकम फिर्ता गर्ने बताएका छन। तर कम्पनीलाई दिइसकेको ६ लाख पनि गाउँपालिकाले फिर्ता माग गरेकाे र अहिलेसम्म आइनसकेको र केही दिनमा रकम फिर्ता गर्ने प्रतिबद्धता उनै खगेन्द्र वलीले गरिसकेको अवस्थामा ढिलाेमा बैशाख २० भित्रमा सबैकाे रकम फिर्ता गरिने र उक्त रकम बचत गरे बापतकाे व्याजकाे पनि बैंक स्टमेट सबै सामु सार्वजनिक गरिने प्रेस संयाेजक वलीले बताए ।

याे विषयमा अख्तियार सम्म पनि उजुरी परिसकेकाले अख्तियारले पनि काम नभएको भए जनताको पैसा तुरुन्त फिर्ता गर्न परिपत्र गरेकाे हुदा अहिलेसम्म काम नभए पछि पैसा फिर्ता गर्नुकाे विकल्प नभएकाे भन्दै फिर्ता गर्न लागेकाे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत सालिकराम बस्नेतले बताए।

प्रकाशित मिति : २०७९ बैशाख १७ गते शनिवार