बैशाख १४ काठमाडौ – आगामी जेठ १ गतेबाट लागु हुनेगरी सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले हप्ताको शनिबार र आइतबार गरि दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय बढाएर बिहान ९ः३० बजेदेखि बेलुका साढे ५:३० सम्म कार्यालय समय कायम गर्ने निर्णय गरेकोकाे सरकार प्रवक्ता सुचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
पछिल्लो समय अर्थतन्त्रमा देखिएकाे अस्थिरतालाई मध्य नजर गरि सरकारले सार्वजनिक बिदा बढाउने संगै पेट्रोलियम पदार्थको आयात घटाई विदेशी विनिमय सञ्चिति बढाउन विभिन्न वस्तु आयातमा प्रतिबन्ध समेत लगाएको छ।
विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने र २ दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरिसकेको छ ।