बैशाख १० सल्यान – सडक खन्दै गरेको डोजर दुर्घटना हुदा चालककाे मृत्यु भएको छ भने सह-चालक घाइते भएका छन।

बागचौर नगरपालिका -६ स्थित मैढोले ठुलापोखरा हुँदै जामुनेचौर आउँदै गरेको डबल कटिङ गर्दै गरेकाे रा १ क ७१९ नम्बरको डाेजर दुर्घटना हुदा चालक दाङकाे हापुरे घर भएका अन्दाजी २५/२६ वर्षिय देब बहादुर खत्रीको मृत्यु भएको छ ।

दुर्घटनामा परि घाइते भएका सह-चालक सल्यान छत्रेश्वरी गाउँपालिका दमाचौरका भएकाे भनिए पनि वास्तविक पहिचान खुल्न सकेकाे छैन।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय सिमखोलीबाट प्रहरी टोली खटिएको हुदा थप विवरण आउन बाँकि छ।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार