बैशाख १० जुम्ला – आगलागीमा परि चार बालबालिकाकाे मृत्यु भएको छ।

तिला गाउँपालिका ३ सार्कीबाडामा गएराति करिब ११ बजे स्थानीय मानसिंह सार्कीको तिनतले घरमा आगलागी हुदा सार्कीका ३ छाेराछाेरी सहित भान्जीकाे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ।

मृत्यु हुनेमा १४ वर्षीया तिर्सना सार्की, ११ वर्षीया अनु सार्की, ३ वर्षीया दर्शना सार्की र ‍१ वर्षीय दिपेश सार्की रहेका छन्। सबैकाे शव पाेष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा राखिएकाे प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईले बताइन।

प्रमुख जिल्ला अधिकारी प्रसाईका अनुसार घरमा चारजना बालबालिका मात्रै रहेकाे र मानसिंह दम्पती कामका लागि बाहिर रहेकाे समयमा आगालागी भएकाे र आगलागीपछि सबै बालबालिका  भित्रै निस्सासिएपछि उनिहरुकाे भित्रै मृत्यु भएको हाे।  यद्यपि आगलागीकाे कारण भने अझै नखुलेकाे र आगलागीपछि सदरमुकाम खलंगाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएर मृतकको शव निकालेकाे थियाे।

आफू घटनास्थलमै पुगेर स्थलगत अनुगमन गरेकाे र घर पुर्णरुपमा क्षतिग्रस्त भएको हुदा तत्काल राहतकाे लागि पहल गरिने र क्षतिकाे विवरण भने आउन बाँकी रहेकाे प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताइन।

प्रकाशित मिति : २०७९ बैशाख १० गते शनिवार