बैशाख ८ राेल्पा – याे स्थानीय तह निर्वाचनमा नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वको नेकपाका कतिपय केन्द्रीय स्तरका नेता नै स्वतन्त्र भन्दैे उम्मेदवार बन्न थालेपछि अघिल्लो निर्वाचन भन्दा चासाेकाे रुपमा देशका कतिपय स्थानीय तहमा लिइएकाे छ।

देशका विभिन्न स्थानीय तहममा नेकपा केन्द्रीय स्तरका नेता देखि स्थानीय स्तर सम्मका नेताले स्वतन्त्रबाट भन्दै पालिका प्रमुख सम्म ताकेपछि चुनावी माहुल राेचक र घाेचक बनेकाे छ। आम सर्वसाधारण नागरिकका लागि राेचक छ भने अन्य राजनितीक दलका लागि घाेचक पनि छ।

सधै विभिन्न विषयमा चर्चामा रहने राेल्पाकाे गंगादेव गाउँपालिकामा पनि नेकपा केन्द्रीय सदस्य चुडामणि वली `आदर्श´ ले स्वतन्त्र भन्दै गाउँपालिका अध्यक्षमा उम्मेदवारी घाेषणा गरि एक साता अगाडिबाट नै चुनावी कार्यक्रम गरिरहेका छन। यसले गर्दा अहिले पनि गंगादेव आदर्श संग जाेडिएर आगामी निर्वाचनको सन्दर्भमा चर्चामा छ।

राजनीति हिसाबले गंगादेवमा मुख्य गरि माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेसकाे थलाे हाे। पछिल्लो समय राप्रपा र एकीकृत समाजवादीकाे केही मात्रा छ भने विप्लव नेतृत्वको नेकपाकाे पनि केही वडा नै पकट एरियाकाे रुपमा छ।

नेकपा निर्वाचनमा जाने निर्णयबाट दुई धारमा विभाजित भएपछि पार्टीले स्वइच्छाले स्वतन्त्र रुपमा उम्मेदवार दिन सक्ने ढाेका खाेलिदिएपछि नेकपा नेताहरुले स्व:घाेषित रुपमा धमाधम उम्मेदवार घाेषणा गरे संगै आदर्शले पनि गंगादेवकाे अध्यक्षमा स्वतन्त्र उम्मेदवारी घाेषणा गरेका हुन।

उम्मेदवारी घाेषणा संगै आदर्श तत्कालै देखि आफ्नाे चुनावी माहुल बनाउन यतिबेला एक्लाे घर खेतबारी देखि सार्वजनिक स्थलमा भेटिन्छन्। उनिसंग विप्लव निकटकै साँस्कृतिक प्रदर्शन गर्ने सामना परिवार संगै प्रत्येक वडाका २ देखि ३ ठाउँमा हरेक दिन चुनाव लक्षित कार्यक्रम गर्दै आएका छन। उनिसंग नेकपा निकटका कार्यकर्ता सक्रिय रुपमा लाग्नु स्वभाविक हाे तर माओवादीले केन्द्रकै जिम्मेवार व्यक्तिहरु सहित कांग्रेस र एमालेका नेता कार्यकर्ता पनि उनिसंग सुुरुवाती चरण देखि नै खुलेरै चुनावी कार्यक्रम खटिएका छन।

आदर्श माओवादी विभाजनकाे हरेक टुक्राहरु संग परिवर्तन गर्दै आए तर पार्टी केन्द्रीय नेतृत्वको पहुँचमा तल भने कहिल्यै झरेनन। सिङ्गो माओवादी रहदा पनि केन्द्रमा बलियाे पहुँच थियाे भने माेहन वैद्य अलग भएपछि उनी पनि वैद्य संगै आए त्यसपछि वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा पनि केन्द्रमा बलियाे पहुँच कायमै राखेका आदर्श विप्लव अलग भएपछि विप्लव नै पछ्याएर नेकपामा पनि उनकाे बलियाे पहुँच छ। यस अर्थमा पनि आदर्शले सत्तासीन दलमा नहुदा पनि पहुँचकै भरमा गाउँमा बेलाबेला आफू उपस्थिति नभए पनि सडक, खानेपानी र विद्युतकाे लागि गरेका याेगदान भने ताजै छन। यसले गर्दा पनि उनकाे प्रवेशलाई गंगादेवमा फरक दृष्टिकोणले हेरिरहेको र जनतामा लाेकप्रिय मानिन्छन्।

आदर्शकाे चुनावी एजेन्डाका रुपमा अहिले `भ्रष्टाचार रहित सरकार, सुशासन युक्ति व्यवस्था´ लिएका छन। साेहि अनुसार आफ्नाे चुनावी गतिविधि गरिरहेका छन। यद्यपि उनकाे चुनावी चिन्ह भने अझै एकिन भएको छैन। निर्वाचन कार्यतालिका अनुसार मनोनयन दर्तापछि आगामी १७ गते स्वतन्त्र उम्मेदवारकाे रुपमा उनले चुनाव चिन्ह पाउने छन।

प्राय: खराे रुपमा प्रस्तुत हुने आदर्श अहिले पनि चुनावी कार्यक्रममा त्यसैगरी खराे रुपमै प्रस्तुत हुँदै भ्रष्टाचार र बेथिति विरुद्ध अभिव्यक्ति दिदै हिडेका छन। अघिल्लो स्थानीय तहमा गंगादेवका मतदाता पैसामा किनेर जनता स्वतन्त्र अधिकार लुटेकाे भन्दै याे निर्वाचन त्यसाे गरे आफुले प्रशासनकाे कुनै सहयाेग नै नलिई बन्दक बनाइदिने सम्मकाे चेतावनी दिएका छन। अहिलेकाे अवस्थामा कर्मचारीबाट नै स्थानीय सरकारहरुमा बढि भ्रष्टाचार उन्मुख भएकाे भन्दै आफू निर्वाचित भएपछि पालिका भित्र कर्मचारी तन्त्रकाे अन्त्य गर्ने जनपक्षीय सेवा विपरीत अन्य कार्य गरे जागिर चैट पारिदिने सम्मकाे चेतावनी पनि दिएका छन।

अहिले गाउँपालिका अध्यक्षमा मात्रै उम्मेदवारी घाेषणा गरे पनि वडासहित गाउँपालिका सम्म स्वतन्त्र प्यानल नै बनाउने प्रयासमा रहेकाे `आदर्श´ ले सार्वजनिक रुपमा उदघाेष गरेका छन। अध्यक्षमा आफ्नाे जित सुनिश्चित रहेकाे पनि दाबी गरेका छन।

के आदर्शकाे आगमनले गंगादेवमा अन्य दल गुपचुप छन ?

निर्वाचन आउन अब मात्र २० दिन बाँकी छ। स्वतन्त्र उम्मेदवार भनिएका आदर्शले चुनाव लक्षित कार्यक्रम गाउँपालिका भरि नै लगभग पूरा गरिसके तर अन्य दलहरु भने गुपचुप जस्तै छन।

कुनै पार्टीको सामान्य आमसभा हुदा समेत उधम हुने गंगादेवका राजनिती दलहरुले चुनाव लक्षित कार्यक्रमहरु एकदमै न्यून छन। राजनितीमा जसरी पनि जनमत आफ्नाे पाेल्ठामा पार्ने लक्ष्य सबै दललाई हुन्छ। त्यहि अनुसार तिव्र तयारी हुन्छ तर गंगादेवमा भने त्यस्तो कुनै माहुल अहिलेसम्म त्यति देखिएकाे छैन।

केही साता अघि सम्म कांग्रेस, माओवादी र एमालेले गाउँ केन्द्रित अभियान झै चलाएर पार्टी तथा भातृ संगठनकाे अधिवेशनमा चुनावी झल्काे दिने गरि भएकाे रौनक चुनावकाे मुखमा भने शून्य झै छ।

नयाँ उम्मेदवार नभएका हुन वा आदर्श संग टक्कर गर्ने इच्छा पुराना उम्मेदवारमा हाे ?

गंगादेवमा मुख्य राजनिती थलाे रहेका तीन दल कांग्रेस, माओवादी केन्द्र र एमालेले अघिल्लो स्थानीय तहका उम्मेदवारलाई नै याे पटक पनि निरन्तरता दिएका छन।

कांग्रेसबाट हरि पुन, माओवादी केन्द्रबाट बहालवाला अध्यक्ष वीर बहादुर खत्री र एमालेबाट राेशन वली नै दाेहाेरिने भएका छन। २०७४ काे स्थानीय तह निर्वाचनबाटबाट माओवादी केन्द्रका खत्रीले कुल २४१४ मत लिएर विजयी भएका थिए। दाेस्राेमा एमालेका वलीले कुल २२९० मत लिएका थिए भने तेस्रोमा कांग्रेसका पुनले २२६१ मत लिएका थिए। तर अहिले एमाले विभाजन भइसकेकाे अवस्था छ।

यद्यपि गंगादेवमा मुख्य गरि प्रतिस्पर्धा कांग्रेस र माओवादीमै बढी देखिन्छ। पछिल्लो समय दुवै दलका व्यक्ति व्यक्ति बिच नै खुलेआम रुपमा विभिन्न चुनौतीकाे चेतावनी दिने दाेहाेरी नै चलेकाे छ। सत्तारुढ दलको केन्द्रीय गठबन्धन अनुसार गंगादेवमा पनि कांग्रेस र माओवादी गठबन्धन भित्रकै दल हुन तर त्याे सम्भावना गंगादेवमा थिएन उता कांग्रेसले जिल्लाबाट ५० प्रतिशत हिस्सा दाबी गरेपछि जिल्लाभरि नै गठबन्धन नहुने निश्चित भइसकेको छ।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार