बैशाख ६ रोल्पा – पछिल्लो समय अवैध रुपमा लगाएको लागु औषध अफिम खेती नष्ट गर्न राेल्पा प्रहरी सक्रिय रहेकाे छ।
साेमबार थबाङ गाउँपालिका -४ स्थित मालागिरी, जुत्तर, नयाँगाउँ र गुराँसे लगायतका क्षेत्रमा लगाएको लागु औषध अफिम खेती नष्ट गरिएको छ। ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा ईलाका प्रहरी कार्यालय पोवाङ, ईलाका प्रहरी कार्यालय उवा र ईलाका प्रहरी कार्यालय थबाङबाट खटिएको २६ जनाको संयुक्त प्रहरीको टोलीले करिब २ सय १० रोपनी क्षेत्रफलमा लगाएकाे अफिम खेती नष्ट गरिएकाे ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण ओलीले जनसहारा संग बताए।
जङ्गलकाे बिच भागमा ठुलाे मात्रामा रहेकाे र कसैले खेती गरेकाे हाे वा हाेइन भन्ने एकिन नभएको समेत प्रहरी निरीक्षक ओलीले बताए।
यसअघि पनि परिर्वतन गाउँपालिका -४ सिजाखोलामा करिब ९ कठ्ठा क्षेत्रफलमा लगाएको र त्रिवेणी गाउँपालिका -७ भित्रीखोलामा अन्दाजी ३ रोपनी जग्गामा लगाईएको अफिम खेती फेला पारी पुर्ण रुपमा नष्ट गरी खेती गरेकाे आसंकामा एक जनालाई पक्राउ समेत गरेको थियाे।