बैशाख ६ काठमाडौ – स्थानीय तहको निर्वाचनमा उम्मेदवार दिन आवश्यक पर्ने कागजातकाे विवरण निर्वाचन आयाेगले सार्वजनिक गरेकाे छ।

जस अनुसार वडाअध्यक्ष र वडा सदस्य उम्मेदवारका लागि नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित वडाको मतदाता मतदाता नामावलीमा नाम समावेश भएको निस्सा सहित उम्मेदवारीको स्वघोषणा आवश्यक पर्ने आयाेगले जनाएको छ।

त्यसैगरी दलित महिला वडा सदस्यकाे हकमा भने थप कागजात आवश्यक पर्ने छ। सम्बन्धित स्थानीय तह वा आधिकारिक प्राप्त निकायले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा, उम्मेदवारमाे स्वघाेषणा आवश्यक पर्ने उल्लेख गरेकाे छ। साथै मनाेनयनपत्र दाखिला गर्ने क्रममा मनाेनयन पत्रमा मनाेनित उम्मेदवार, प्रस्तावक र समर्थककाे सहिछाप पनि सबै उम्मेदवारले समावेश गर्नुपर्ने छ।

धरौटी रकम अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखकाे लागि रू १५००, वडा अध्यक्षकाे लागि रु १००० र वडा सदस्यकाे लागि रु ५०० ताेकिएकाे छ भने दलित, महिला र अल्पसंख्यक समुदाय वा आर्थिक रुपमा विपन्न व्यक्तिको हकमा ५० प्रतिशत छुट दिने समेत आयाेगले जनाएको छ।

प्रकाशित मिति : २०७९ बैशाख ६ गते मङ्गलवार