बैशाख ४ काठमाडौ – अभिनेता पुर्ण विक्रम शाह (पल) बलात्कार गरेको आरोप लगाउदै आएकि नाबालिकले बयान फेरेकि छन।
नाबालिककाे जाहेरी पछि पुर्पक्षका लागि तनहुँ कारगारमा रहेका शाह र नाबालिककाे मुद्दामा जिल्ला अदालत तनहुँ बहस भइरहेकोमा आइतबार बालिकाको तर्फबाट बकपत्र गर्नेक्रममा ती पिडित भनिएकि नाबालिक ले नै आफूमाथि बलात्कार नभएको बयान दिएकाे शाह पक्षबाट बहस गर्दै आएका कानुन व्यवसायीले बताएका छन। यद्यपि अझै जाहेरी कर्ता नाबालिकका बुवा आमाकाे बकपत्र भने हुन बाँकी रहेकाे हुदा अदालतबाट अझै आधिकारिक रुपमा कुनै आदेश भने नभएको शाह पक्षका कानुन व्यवसायी बताउछन।
आफु दबाब र प्रलोभनमा परेर जाहेरी दिएकाे र जाहेरीमा उल्लेख भएको बयान पनि वास्तविक नभएको बयान नाबालिकले दिएकि हुन। शाहको पक्षबाट ११ र पीडितको पक्षबाट ९ जना कानुन व्यवसायीले बहस गरेका हुन । शाह गत चैत १० गते पुर्पक्षका लागि कारगार चलान भएका थिए।