बैशाख ४, सल्यान – सल्यानमा स्थानिय तह निर्वाचनमा गठबन्धन नहुने भएको छ ।
सत्तारूढ गठबन्धन भित्रका दलहरुको सम्पन्न बैठ्कले गठबन्धन नगर्ने निर्णय गरेको हो ।
गठबन्धन दलका तर्फबाट पालिका स्तरको बाँडफाँडका विषयमा सहमति कायम गर्न कठिनाई भएपछि मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धा सहित निर्वाचनमा जाने निर्णय गरिएको हो ।
कांग्रेसले क्षेत्र नं. १ मा केहि पालिका मागेको थियो तर माओवादीले क्षेत्र नं. १ मा कुनै पालिका नछोडेपछि भागबन्डामा सहमति हुन सकेको स्रोतले जनाएको छ ।
अब पार्टीहरु एक्लाएक्लै चुनावमा भिड्ने गरि सहमति भएको छ । एमालेले फुटेको अवस्था सल्यानमा कांग्रेस र माओवादी मुख्य प्रतिस्पर्धी पार्टी हुन् ।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार