बैशाख ४ सुर्खेत – अटाे दुर्घटना हुदा एकजनाकाे मृत्यु भएको छ भने चार जना जना घाइते भएका छन।

गुर्वाकाेट नगरपालिका -१३ छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत घर्तीटाेल स्थित काफलरुखबाट मेहलकुना तर्फ आउदै गरेकाे भे १ ह ३०४९ नम्बरको अटाे शनिबार बेलुका करिब साढे ६ बजेतिर दुर्घटना हुदा अटाेमा सवार साेहि ठाउँका पदमबहादुर रासकाेटीकाे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

दुर्घटनामा परि गम्भीर घाइते भएका रासकाेटीलाई उपचारकाे लागि मेहलकुना अस्पतालमा लिएकाेमा उपचारकाे क्रममा बेलुका करिब ८ बजेतिर मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र प्रसाद आचार्यले बताए।

दुर्घटनामा परि घाइते हुनेमा साेहि ठाउँका अटाे चालक ३१ वर्षिय पदमबहादुर शाही, ३१ वर्षिय ज्ञानबहादुर रासकाेटी, ४५ वर्षिय गाेपाल पुन र ४२ वर्षिय पुर्णकला पुन रहेका छन। घाइते मध्ये अटाे चालक पदमबहादुर सामान्य घाइते भएको र प्रहरीले नियन्त्रणमा लिएकाे छ भने ज्ञानबहादुरकाे मेहलकुना अस्पतालमा उपचार भइरहेको छ।

गम्भीर घाइते भएका गाेपाल र पुर्णकलालाई मेहलकुनामा उपचार सम्भव नभएपछि थप उपचारकाे लागि काेहलपुर रिफर गरिएकाे छ। घटनास्थल पुगेकाे प्रहरीले घाइतेहरुकाे उद्दार गरि घटनाबारे अनुसन्धान गर्दा चालककाे लापरबाहीले दुर्घटना हुन पुगेकाे प्रारम्भिक अनुमान गरेकाे र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक आचार्यले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ४ गते आइतवार