बैशाख २ राेल्पा – लागुऔषध (अफिम खेती) नष्ट गरिएको छ।

परिवर्तन गाउँपालिका वडा नं. -४ सिजाखोला स्थित जंगलको बिच भागमा लागुऔषध (अफिम) खेती गरिएको भन्ने सुचनाको आधारमा उक्त स्थलमा प्रहरी पुगि नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

ईलाका प्रहरी कार्यालय पाछाबाङबाट प्रहरी नायव निरीक्षक धनबहादुर रानाकाे कमान्डमा खटिएको प्रहरी टोलीले अन्दाजी ८-९ कठ्ठा क्षेत्रफलमा लगाईएको अफिम नष्ट गरिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरेले बताए

प्रकाशित मिति : २०७९ बैशाख २ गते शुक्रवार