बैशाख १ काठमाडौ – नेकपा माओवादी केन्द्रले चुनाव लक्षित प्रचारप्रसार सामाग्रीमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे फाेटाे प्रयाेग गरेपछि निर्वाचन आयाेगले घिसिङलाई स्पष्टीकरण साेधेकाे छ।
आयोगको बिहीबारको बैठकले घिसिङलाई निर्वाचन आचारसंहिता विपरित केकाे आधारमा माओवादी केन्द्रलाई फाेटाे प्रयाेग गर्न दिइयाे वा उसले आफुखुशी प्रयोग गर्याे भन्दै ७ दिनभित्र आयोगमा प्रष्टिकरण पेस गर्न अल्टिमेटम दिएको हाे।
निर्वाचन आचारसंहिता २०७८ को दफा ६ को खण्ड (क) मा व्यवस्था भए अनुसार सार्वजनिक पद धारण गरि कुनै संस्था र सोमा कार्यरत कर्मचारी समेतले पालना गर्नुपर्ने भए बमोजिम माओवादी केन्द्रले घिसिङकाे फाेटाे प्रयाेग गरेपछि आचारसंहिता उलंघन भएको आयाेगले पुष्टि गरेकाे छ।
नेकपा (माओवादी केन्द्र)ले घिसिङको तस्बिर निर्वाचन प्रचार सामग्रीमा प्रयोग गरेको थियो । सोही विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो । माओवादीको चुनावी पोष्टरमा फोटो राखी प्रचारप्रसार गरिएको विषयमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको भन्दै ७ दिनभित्र चित्तबुझ्दो जवाफ दिन आयोगले घिसिङलाई स्पष्टिकरण सोधेको हो ।
तर उता घिसिङले भने माओवादी केन्द्रले उक्त फाेटाे सार्वजनिक गर्न बित्तिकै असन्तुष्टि जनाएका थिए। साे बारे आफुलाई कुनै जानकार नभएको र फाेटाे प्रयाेग गरेकाे प्रति विमति रहेकाे भन्दै उक्त आफ्नो हटाउन समेत आग्रह गरेका थिए।
माओवादी केन्द्र अध्यक्ष प्रचण्ड र नेता वर्षमान पुनले पहिलाकाे घिसिङकाे फाेटाे सहितकाे पाेष्टर सार्वजनिक गरेका थिए। घिसिङकाे प्रतिक्रिया र चौतर्फी विवादका कारण घिसिङकाे फाेटाे हटाएर प्रचण्डकाे एकल फाेटाे सहितको पाेष्टर सार्वजनिक गरेका हुन।

पहिलेकाे फाेटाे

अहिलेकाे फाेटाे