असाेज २० राेल्पा – व्यवसायीक रुपमा पशुपालन र कृषि पेशा अंगाल्ने समूह सदस्यहरुलाई महिला सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले उन्नत जातका बाेयर बाख्रा २ वटा ,कृषि सामाग्री लागि ८ वटा स्प्रे टयाङकि,२ वटा बँगुर र लसुन अनुदान स्वरुप आज एक कार्यक्रममा बिचमा आफना समूह सदस्यहरुलाई हस्तान्तरण गरेकाे छ।
विश्वलाई काराेना (काेभिड १९)ले क्षेतग्रस्त बनाएको अबस्थामा पनि महिला सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेडले संस्थागत ग्राहक संरक्षण काेषमा जम्मा भएकाे रकमलाई व्यवसाय प्रर्बद्वन गर्नकाे लागि उद्यम विकास कार्यक्रमद्वारा प्रर्बद्वन गरिएका साना तथा मझौला उद्यमी सदस्यहरुलाई उनिहरुकाे चाहना र ठाउँ अनुसार अर्थात लसुन पकेट एरियामा लसुन तरकारी उत्पादन क्षेत्रमा स्प्रे ट्याङ्की बँगुर जस्ता अनुदान दिईएकाे हाे।
उन्नत जातका बाेयर बाख्रा बाट १९४जना घरधुरीले सेवासुविधा प्राप्त गर्ने छन् भने लसुन पकेट एरिया बनाउनकाे लागि जप्का र काउलाबाेटमा लसुन लिईएकाे छ भने काेभिड 19 बाट बिरामी परेका 2 परिवारलाई २ वटा बँगुर दिएकाे राेल्पा जिल्ला संयाेजक गगन याेगिले जानकारी दिनुभयो।
महिला सामुदायिक लघुवित बित्तीय संस्था लिमिटेडले राेल्पाकाे जुगारमा २०७२ सालबाट कार्यालय स्थापना गरि आफना शेयर सदस्यहरुलाई सेवा प्रदान गर्दै आएकाे छ। तर त्यस भन्दा पहिले कर्णाली प्रदेश सल्यान कपुरकाेट गाउँपालिकामा अवस्थित कार्यालयले नै सेवाग्राहीहरुलाई सेवा दिँदै आएकाे थियाे।
कार्यक्रमकाे अध्यक्षता नायब कार्यकारी निर्देशक शारदा शर्माले गर्नुभएकाे थियाे। यस कार्यालय ग्राहक सेवा प्रमुख यमला गाैतमकाे स्वागत मन्तव्यबाट शुरु भएकाे कार्यक्रममा प्रमुख अतिथि त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वली, विशिष्ट अतिथि ग्राहक सेवा प्रमुख यमला गाैतम रहनुभएकाे थियाे । त्यस्तै अतिथिहरुमा वडा न ५ का वडा अध्यक्ष कृष्ण बहादुर केसी, वडा न ४ का वडा अध्यक्ष भिम बहादुर खत्री, जुगार प्रहरी चौकीका प्रहरी ईन्चार्ज यज्ञमणि बैद्विक, जुगार शाखाका प्रमुख केशवराज शर्मा,जुगार शाखाका लेखा साहायक सराेज केसी, उद्यम विकास अधिकृत धनजित वि.सि लगाएतकाे सहभागीता रहेकाे कार्यक्रमकाे संचालन जिल्ला संयाेजक गगन याेगीले गर्नुभएको थियाे ।
उक्त कार्यक्रममा बाेल्दै नायब कार्यकारी निर्देशक शारदा शर्माले समूह सदस्यहरुलाई काेभिडले पारेको प्रभावलाई मध्यनजर गरेर संस्थाले ब्यावसायिक रुपमा दिगाे रुपमा बलियाे बनाउँनकाे लागि ग्राहक संरक्षण काेषद्वारा समूह सदस्यलाई उन्नत जातका बाेयर बाख्रा २ वटालाई २ लाख ४२ हजार ४ सय ,स्प्रे ट्याङ्की ८ वटालाई ५६ हजार ४ सय, लसुन ३ लाख ७० हजार ,बँगुर २ वटा ८ हजार रुपयामा खरिद गरेकाे बताउनु भयाे। त्यसैगरी दिदीबहिनीले पैशाकाे ब्यवस्थापन कसरी गर्ने जस्ता तालिम आवश्यकता ठान्नु भयाे भने पनि आफुहरुले तालिम दिन सक्ने समेत बताउनु भयाे। कार्यक्रममा ४० जनाा शेयर सदस्य उपस्थित थिए।
गाउँपालिका अध्यक्ष वलीले कार्यक्रममा बाेल्दै अहिलेकाे विषम् परिस्थितिमा पनि आफनाे गाउँपालिका रहेका दाजुभाइ दिदीबहिनीहरुलाई ब्यावसायिक प्रर्बद्वनकाे लागि सहयोग गर्नु हुने महिला सामुदायिक लघुबित्त वित्तीय संस्था लिमिटेड प्रती हार्दिक धन्यवाद समेत व्यक्त गर्नुभएकाे छ। कार्यक्रममा ४० जना शेयर सदस्य उपस्थित थिए।