चैत २८ सल्यान – जिल्ला स्थित युवाहरुकाे सक्रियतामा पर्यटकिय स्थल कुपिण्डेमा सम्मेलन हुने भएको छ।

“सुन्दर सल्यान हाम्रो सान पर्यटन प्रवर्दन हाम्रो अभियान” भन्ने मुल नारा सहित सल्यान दृष्टिकोणको आयोजनामा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख १ गते उक्त सम्मेलनकाे आयाेजना गरिएको हाे।

उक्त सम्मेलनमा एक सय जना युवाको अभियानता टिम निर्माण साथै विभिन्न संस्कृतिक कार्यक्रम संचालन, सल्यानकाे पहिचान बाेकेका विभिन्न प्रदर्शनी र सहभागिता समेत रहने, कार्यक्रममा कुपिण्डेमा डुङ्गा सयर साथै सल्यानको परिचय झल्काउने टिसर्ट वितरण कार्यक्रम सहित समृद्ध सल्यान निर्माण घोषणा पत्र समेत सार्वजनिक गर्ने तयारी गरिएको र कार्यक्रममा सहभागिको लागि कपुरकोट,थारमारे र श्रीनगरबाट गरि ३ वटा गाडीको व्यवस्था गरिएको अभियान्ता धुर्व राज वलीले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार