चैत २८ सल्यान – गएराति डबलक्याप जिप दुर्घटनामा परेकाे छ।

बाँकेकाे नेपालगन्जबाट सल्यानकाे बागचौर नगरपालिका आउदै गरेकाे सुदुरपश्चिम प्रदेशको ०१-००१ च ३२५८ नम्बरको उक्त  जिप राप्ती राजमार्ग अन्तर्गत सल्यान छत्रेश्वरी गाउँपालिका -६ चैबाङज्युलामा करिब २ः३० बजेतिर दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

उक्त जिप सुत्केरी लिएर आउदै गरेकाे र जिपमा चालक सहित बागचौर नगरपालिका -१ का लिलमान बस्नेतकाे परिवार गरि ७ जना सवार रहेकाे र उनिहरु मध्ये बस्नेतको ७ दिने छाेरी शारदा नदिकाे पानीमा परेपछि घाइते भएकाे र अन्य सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए।

दुर्घटनाकाे खबर पाएपछि इलाका प्रहरी कार्यालय सितलपाटीबाट प्रहरी नायव निरीक्षक यामबहादुर बस्नेतकाे कमान्डमा ५ जनाकाे प्रहरी टाेली पुगि उद्दार तथा अनुगमन गरेकाे र गाडी सडकबाट ५ मिटर तल शारदा नदिमा खसेकाे थियाे। घाइते शिशुको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भैरहेको छ भने गाडी चालक कपुरकाेट गाउँपालिका -४ गाडापानी २२ वर्षिय थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरी निरीक्षक पौडेलले बताए।

प्रकाशित मिति : २०७८ चैत्र २८ गते सोमवार