चैत २६ सल्यान – प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागचौर नगरपालिका -२ थारमारे सल्यानले आफ्नो २५ औ वार्षिक उत्सव एवम् रजत जयन्ती मनाएको छ।
२०५३ साल चैत्र २६ गतेकाबाट संचालनमा आएकाे उक्त सहकारीले स्थापनाकाे २५ वर्ष पुगेकाे अवसरमा शनिबार एक कार्यक्रमकाे आयाेजना गरि रजत जयन्ती मनाएकाे हाे।
कार्यक्रममा कोषाध्यक्ष लक्ष्मीनारायण केसीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। रजत जयन्ती वर्षमा “समृद्धिका लागि प्रगति सहकारी समुदाय संग संर्गै” भन्ने मुल नाराका साथ सहकारीको माध्यामबाट स्थानीय साधनश्रोतको उच्चतम परिचालनमा जोडदिई स्थानीय अर्थतन्त्रलाई चलायमान बनाई राख्न हर सम्भव प्रयत्नशिल रहेको र वित्तिय पहुँचको विस्तार,कृषिमा व्यवसायिकताको प्रवेश,प्रविधिसंगको साक्षात्कार लगायतका सुखद अनुभुतिहरु संस्थाको सम्पत्तिको रुपमा रहेकाे बताए।
स्थापनाकाल देखि हाल सम्मको अवस्था कूल शेयर सदस्य २८८२ जना आबद्ध रहेकाे, कारोबार अंक ११ करोड १८ लाख ४४ हजार ९४७ रुपैयाँ भएकाे काेषाध्यक्ष केसीले प्रस्तुत गरेकाे आर्थिक प्रतिवेदनमा उल्लेख छ। सहकारी चलाउन अहिलेसम्म ८ जना कर्मचारीबाट सहकारी कार्यक्रम र लघुवित्त कार्यक्रम मार्फत सदस्यहरुलाई प्रविधिमैत्रि माध्यामबाट सेवा प्रदान गर्दै आएकाे काेषाध्यक्ष केसीले बताए।
सहकारीका अध्यक्ष प्रेम बहादुर केसीको अध्यक्षताबाट सुरु भएको कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे। उक्त कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष एकदेव शर्मा, बागचौर नगरपालिका लगाएत अन्य छिमेकि स्थानीय तहका जनप्रतिनिधिहरु लगाएत शेयर सदस्यहरु सहभागी रहेका थिए।
प्रमुख अतिथि समेत रहेका नगर प्रमुख बुढाथोकीले सहकारी लागि स्थानिय सरकारको तर्फबाट भवन निर्माणकाे लागि पहल गर्ने बताउदै आफ्ना शेयर सदस्यहरु प्रति उत्तरदायि रही सफलतापूर्वक निरन्तर वित्तीय सेवा प्रवाह गरि आबद्ध सदस्यहरुको आयस्तरमा वृद्धि तथा जीवनस्तर सुधार गर्न सहकारी अभियानलाई थप सबल र सक्षम बनाउदै अगाडी बढ्न निर्देशन समेत दिएका छन।