असाेज १९ राेल्पा – मधेस मानव अधिकार गृह सहज परियाेजनाकाे आयाेजना UK AID काे आर्थिक सहयोग VSO IA काे सहकार्यमा साथै नेपाल प्रहरी , महिला तथा बालबालिका शाखाकाे समन्वयमा बालविबाह न्युनिकरण सम्बन्धि जनचेतनामूलक अन्तक्रिर्या कार्यक्रम त्रिवेणी गाउँपालिका राेल्पाकाे बहुउद्देश्यीय सभाहलमा आज सम्पन्न भएकाे छ।

सहज परियाेजना (माहुरी हाेम) का समाजिक परिचालक राजेन्द्र घर्ती मगरकाे सन्चालनबाट शुरु भएकाे अन्तरत्रिया कार्यक्रममा नाै जना बालबालिकाकाे सहभागीता रहेकाे थियाे। बालबिवाह न्युनिकरण सम्बन्धि कार्यक्रममा बालबिवाह भनेको के हाे ? बालविबाह गर्दा के हुन्छ ? बालबिवाह किन गर्नु हुदैन ? जस्ता कुराकाे जानकारी गराउनु भएकाे थियोे महिला तथा बालबालिका शाखाका साहायक महिला विकास निरीक्षक हिरा बुढाले भने बालबिवाह गर्दा स्वास्थ्यमा पर्ने नकारात्मक असर र बालबिवाह नगर्दा स्वास्थ्यमा हुने फाइदाहरुका बारेमा जानकारी दिनुभएको थियाे।

स्वास्थ्य शाखाका प्रमुख पूर्ण बुढाले कार्यक्रमकाे बारेमा प्रष्ट पारि दिनु भएकाे थियाे। त्यस्तै बालबिवाह गर्दा कानुनी सजायको भागेदार बन्नु पर्ने भएकाले सकभर बालबिवाह नगर्ने बालबिवाह गर्न लागेकालाई पनि सम्झाउँने जस्ता कुराकाे बारेमा जुगार प्रहरी ईन्चार्ज यज्ञमणि बैद्विकले आजकाे बालबिवाह न्युनिकरणा सम्बन्धि अन्तरत्रिया कार्यक्रममा बालबालिकालाई सिकाउनु भएको थियाे ।

अन्तरत्रिया कार्यक्रममा बालबालिकाहरुलाई ध्यान केन्द्रित गर्नकाे लागि बिच बिचमा प्रश्न गर्दै र छलफल गर्दै आजकाे अन्तरत्रिया कार्यक्रम समापन भएकाे थियाे ।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार