चैत २५ अर्घाखाँची – तिर्थयात्री सवार बस दुर्घटनामा परेकाे छ।
पोखरा महानगरपालिका -३१ बेगनासतालमा रहेकाे साना किसान कृषि सहकारीका पदाधिकारी र कृषकहरु सहित ३० जना सवार ग २ ख ६८० नम्बरको बस दुर्घटनामा परेकाे र मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
पोखराकाे उक्त सहकारीकाे तिर्थयात्रीहरुलाई प्युठानको स्वर्गद्वारी दर्शन गराएर अर्घाखाँचीकाे सुपादेउराली जाँदै गरेको उक्त बस अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर -२ बेलवाटिका र भलायडाँडाकाे बिच ओरालोमा दुर्घटनामा परेकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर थापाले बताए ।
बस तिव्र गतिमा भएकाे हुदा ओरालोमा चालकले अचानक ब्रेक लगाएपछि ब्रेक फेल भएर चालकले सडकको भित्तामा लगेर बस अड्याएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेकाे प्रहरी नायव उपरीक्षक थापाले बताए।
बसमा सवार मध्ये एकजनालाई मात्रै सामान्य चाेटपटक लागे पनि बाँकी सबै सकुशल रहेकाे र घाइते एकजनालाई पनि उपचारको लागि जिल्ला अस्पतालमा लगिएको प्रहरी नायव उपरिक्षक थापाले बताए।