चैत २४ सल्यान – निर्वाचन आयोगले यसअघि नियुक्त गरेका ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ ।

चैत २३ को निर्णय अनुसार ७१ जना निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाउदै जिम्मेवारी बहन गर्न नसक्ने बताए पछि बिहीबार बैठक बसि निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम उनलाई हटाएर नयाँ नियुक्त गरिएको निर्वाचन आयाेगले जनाएको छ।

त्यसैगरी हटाइनेमा सल्यानका दुई वटा स्थानीय तहकाे लागि खटाइएका दुई जनालाई हटाएर नयाँ दुई जना नियुक्त गरिएको छ।

कुमाख गाउँपालिमा ठाकुर बाबा नगरपालिका बर्दियामा कार्यरत अधिकृत छैटौं रामहरि रिजाललाई नियुक्त गरिएको छ। यसअघि उक्त गाउँपालिकामा गृह मन्त्रालयका उपसचिव मातृका आचार्यलाई नियुक्त गरिएको थियाे। त्यस्तै त्रिवेणी गाउँपालिकामा जिल्ला समन्वय समिति सुर्खेतमा कार्यरत जिल्ला समन्वय अधिकारी बाबुराम नेपालीलाई नियुक्त गरिएको छ। यसअघि उक्त गाउँपालिकामा प्रधानमन्त्री तथा मन्त्री परिषदकाे कार्यालय काठमाडौका प्रमुख प्रशासकीय अधिकृत मनाेज रेग्मीलाई नियुक्त गरिएको थियाे।

विवरण हेर्नुस;

निर्वाचन आयाेगले ७१ जना निर्वाचन अधिकृत हटाएर नयाँ नियुक्ति गर्याे (विवरण सहित)

प्रकाशित मिति : २०७८ चैत्र २४ गते बिहिवार